छायाँछवि काब्यसृँखलमा गुञ्जियो मुक्तक र गजल


व्युटी न्युज नेपाल
काठमाडौं, २१ जेठ

छायांछवि क्रियशनले हरेक महिना आयोजना गर्दै आएको ‘छायाँछवि काव्यसृँखला’को आठौं सृँखलामा यस पटक अग्रज गजलकार एवं मुक्तककार ज्ञानुवाकर पौडेल र गजलकार डा. शुधा शाही आफ्ना रचना सहित प्रस्तुत भए ।

काठमाडौंको विशाल नगरस्थित नेपाल चलचित्र संघको प्रेक्षालयमा आयोजित सो कार्यक्रममा जब गजलकाल पौडेलले चोटिला मुक्तक बाचन गरे । त्यतिबेला दर्शक दीर्घाबाट वाहवाहीको आबाज सुनियो । एक घन्टाको बसाईमा पौडेले एक पछि अर्को गर्दै डेढ दर्जन मुक्त सुनाए । उनका हरेक मुक्तक चोटिला थिए । कार्यक्रममा पौडेलले प्रेम र रोमान्समाथि व्यङ्ग्यका मुक्तक सुनाएका थिए ।

शनिबार दिउँसो आयोजित यो सृँखलामा डा.सुधा शाहीले आफ्ना गजल प्रस्तुत गरेकी हुन् । डा. शाहीले सो क्रममा १० ओटा गजल सुनाएकी थिईन् । उनले राजनितिक, सामाजीक एवं प्रेमका गजल सुनाईन् । डा. शाहीले नेपालीसँगै हिन्दी भाषामा पनि गजल सुनाईन् ।

सो सृँखलाको संयोजक रश्मी रोदनले सबैलाई स्वागत गर्दै साहित्य, संगीत र चलचित्रको त्रीवेणीलाई एकीकृत बनाउने प्रयास स्वरुप यो सृँखला आयोजना गर्दै आएको बताईन् ।

अतिथि गजलकार ललीजन रावलले कार्यक्रमका दुबै श्रष्टाको प्रस्तुतिबारे समीक्षा गर्दै दुबैले प्रस्तुत गरेका सृजना चोटिला र ससक्त भएको बताए ।

कार्यक्रममा छायाँछबि क्रियसनका अध्यक्ष शान्तिप्रियले छायांँछवि काव्य शृङ्खलाको औचित्यबारे प्रकाश पार्दै यसले लुकेर बसेका श्रष्टाहरुलाई बाहिर ल्याएको बताए । श्रष्टाद्वय ज्ञानुवाकर पौडेल र डा.सुधा शाहीलाई कार्यक्रममा सृजना बाचन स्वरुप नगद र कदर पत्र प्रदान गरियो ।