लिली बिलीको ५१ दिनमा लभ स्टेशन घोषणा


व्युटी न्युज नेपाल
काठमाडौं , २१ जेठ

काठमाडौंको चार ओटा सिनेमा हलमा चलचित्र लिली बिलीले आफ्नो सफल प्रदर्शनीको ५१ दिन मनाएको छ । गोपिकृष्ण भूमिज, गुण सिनेमा, अष्टनारायण पिक्चर्स र बाराही मूभिजमा सहित चार ओट हलमा लिली बिलीले ५१ दिन मनाएको हो ।

यसै क्रममा यो चलचित्रका अभिनेता प्रदीप खड्का, निर्देशक मिलन चाम्स, निर्माता गोबिन्द शाही र सुदिप खड्का लगायतको टिमले आईतबार बेलुका राजधानीको उड्ल्याण्ड होटलमा एक समारोहबीच केक काटेर सञ्चारककर्मीबीच व्यबसायिक सफलताको ५१ दिन मनाए ।

चलचित्र लिली बिलीमा प्रदीप खडका, जसिता गुरुङ, प्रियँका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सोही कार्यक्रममा निर्माता गोबिन्द शाहीले अभिनेता प्रदीप खड्कालाई लिएर चलचित्र ‘लभ स्टेशन’ निर्माण घोषणा गरे । निर्माता शाहीले चलचित्रमा अभिनेता प्रदीपलाई यो चलचित्रमा अनुबन्धित गरेका छन् ।

अहिलेसम्म प्रदीप मात्र अनुबन्धित भएको लभ स्टेशनका लागि बाँकी कलाकारको चयन जारी रहेको निर्माता शाहीले बताए । चलचित्रमा प्रदीपको नायिकाको रुपमा जसिता गुरुङलाई अनुबन्धित गरिने बुझिएको छ ।

आफु यो फिल्ममा अनुबन्धित भएकोमा प्रदीपले खुसी व्यक्त गर्दै लभ स्टेशनको कथा सक्त भएको बताए । आगामी भदौबाट छायाँकन सुरु हुने यो चलचित्रको बाँकी कलाकार छनौट हुँदै गरेको निर्माता शाहीले बताए । चलचित्रलाई आगामी २४ फागुनमा रिलिज गरिने भएको छ । प्रेम कथामा आधारित चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन् ।