अभिनेत्री पुत्रीहरूकाे डेब्यु, अामा पथमा छाेरीहरू


फिचर
अभिनेत्री झरना थापाले पनि छोरी सुहाना थापालाई ए मेरो हजुर २ बाट फिल्म मार्फत डेब्यु गराउन चाहेकी थिइन् । अघिल्लो फिल्ममा अनमोल केसीले अभिनय नगरेपछि ए मेरो हजुर ३ बाट सुहानालाई अनमोलसँगै डेव्यु गराउँदै छिन् ।

……………….. ………… ……………………. ……

व्युटी न्युज नेपाल
काठमाडौं, २० जेठ

नेपाली चलचित्र पनि पुस्तामा हस्तान्तरणको क्रम बढेको छ । यसै क्रममा कलाकारका छोरा छोरीहरु चलचित्रमा आउने क्रम सुरु भएको छ । अभिनेताका छोराहरु अभिनेता बनेझैं अभिनेत्रीका छोरीहरु पनि धमाधम नायिकाको रुपमा फिल्मा आएका छन् ।

करिश्माकी छोरी कविताको एउटा यस्तो प्रेम कथानीबाट डेब्यु

यसै क्रममा अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को छायाँकनमा व्यस्त छिन् । करिश्माले आफ्नी छोरी कवितालाई अभिनेता शिब श्रेष्ठको छोरा शक्ति श्रेष्ठको जोडीका रुपमा उतार्दै छिन् । चलचित्र एउटा यस्ता प्रेम कहानीमा कविता शक्तिको नायिका बनेकी छिन् । यो चलचित्रको अहिले छायाँकन भईरहेको छ ।

अभिनेत्री करिश्मा आफ्नै फिल्मबाट छोरी कवितालाई डेब्यु गराउने पक्षमा थिईन् । तर अभिनेता शिव श्रेष्ठले आफ्नै छोरा शक्ति श्रेष्ठसँग नयाँ चलचित्रमा डेब्यु गराउने चाहना व्यक्त गरेपछि करिश्मा सहमत भईन् । त्यसपछि शक्तिको जोडीको रुपमा कविता चलचित्रमा आउन लागेकी हुन् ।

यसबारे केही दिन अघि एक कार्यक्रममा कविताले भनिन्, ‘शिब श्रेष्ठ अँकलले शक्तिसँग यो चलचित्रको लागि प्रस्ताव ल्याउँदा म फिल्म खेल्न सहमत भएँ । फिल्मको कथा र बिषय राम्रो छ ।’ आफ्नो बुबा आमाको जीवन पनि चलचित्रबाटै चलेकाले आफु अभिनेत्रीको रुपमा यो क्षेत्रमा आएको पनि कविता बताईन् ।

झरनाकी छोरी सुहानाको ए मेरो हजुर ३ बाट डेब्यु

अभिनेत्री झरना थापाले आफ्नी छोरी सुहाना थापालाई अभिनेता अनमोल केसीको जोडी बनाएर सिनेमामा भित्राउँदै छिन् । झरनाले नै निर्देशन गर्ने चलचित्र ‘ए मेरो हजुर ३’का लागि उनले अनमोल र सुहानालाई अनुबन्धित गरिसकेकी छिन् ।

यो फिल्ममा सुहानाकै आफ्नै बुबा सुनिल कुमार थापाको लगानी रहने छ ।सुहानालाई अनमोलको नायिकाको रुपमा सुनिल र झरनाले ए मेरो हजुर २ मै प्रस्तुत गर्न लागेका थिए । तर त्यो फिल्म खेल्न अनमोलले नमानेपछि सुहाना अभिनय सम्बन्धि थप अध्ययनका लागि विदेश गईन् । अभिनयको कोर्स पुरा गरेर फर्किएकी सुहानाले अब अनमोलको जोडी भएर काम गर्ने पक्का भएको छ ।

भदौबाट छायाँकन सुरु हुने भनिएको यो चलचित्र आगामी १ बैशाखबाट रिलिज गरिने भएको छ । यो चलचित्रमा अनमोल अनुबन्धित भएपछि सुनिल र झरनाले अनमोलका साथ सुहानालाई नेपाली चलचित्रमा सुरक्षित अबतरण गर्न लागेका हुन् । अनमोललाई ए मेरो हजुर ३ का लागि ३५ लाख रुपैयाँ र नाफाको १५ प्रतिसत दिने सर्तमा अनुबन्धित गरिएको हो ।उमाकी

छोरी शिवानीको कहीं कतैबाट डेव्यु

sibani giri

यस्तै अभिनेत्री उमाबेबी गिरीले पनि आफ्नी छोरी शिवानी गिरीलाई चलचित्र ‘कहीं कतै’ मार्फत नेपाली चलचित्रमा नायिकाको रुपमा डेब्यु गराउँदै छिन् । यो चलचित्र तयार भएको छ । अब २५ साउनबाट प्रदर्शनीमा आउने भएको छ ।
शिवानी गिरी नयाँ चलचित्र कहीं कतैमा नवोदित अभिनेता सोनम बरफुङ्गपाको जोडी भएकी छिन् । आफ्नै आमाको प्रेरणाले आफु चलचित्र अभिनयमा आएको शिवानीले बताएकी छिन् । पहिलो चलचित्रमा राम्रो काम गरेको शिवानीको भनाई छ ।

बिगतमा चलेनन् अभिनेत्रीका छोरीहरु

त्यसो त बिगतमा पनि अभिनेत्रीका छोरीहरु फिल्मा नायिका बनेर आएका थिए । तर उनीहरुले सफलता हाँसिल गर्न सकेनन् । अभिनेत्री नुतन प्रधानले आफ्नी छोरी इश्वरी प्रधानलाई डेढ दशक अघि नै चलचित्र ‘सोह् वर्षे जोवन’मा नायिका बनाएर उतारिन् । यो फिल्मले भनेको जस्तो राम्रो सफलता भएन । इश्वरीको नायिका बन्ने चाहना पुरा मात्र भयो । त्यसपछि इश्वरी अर्को चलचित्रमा नायिकाको रुपमा देखिएकी छैनन् । उनी त्यसपछि उच्च शिक्षा अध्ययनका लागि बिदेश लागिन् ।

छोरीलाई नायिका बनाउने क्रममा दिवँगत अभिनेत्री शुशिला रायमाझीले पनि आफ्नी छोरी प्रसिद्धिका रायमाझीलाई नायिका बनाएर चलचित्र धन सम्पत्ति मार्फत यो क्षेत्रमा ल्याईन् । चलचित्र धन सम्पत्ति व्यबसायिक रुपमा चलेन । तर प्रसिद्धिकाको फिल्म खेल्ने सपना मात्र पुरा भयो । यसरी फिल्म असफल भएपछि प्रसिद्धिका पनि बिदेश पलाएन भईन् ।