चेतनले गीति भिडियाेमा प्रवासमा बस्ने नेपालीकाे पीडा समेटे


व्युटी न्युज नेपाल

काठमाडाैं, २० जेठ

युवा गायक तथा संगीतकार चेतन सापकोटाले यतीबेला केही फरक गीत श्राेताकालागि ल्याएका छन्र । उनले अाफ्नाे नयाँ गीत घरकाे याद…काे भिडियो सार्बजनिक गरेका छन्। फयाे गीतकाे भिडियाेमा परदेशमा बस्नेको पिडा उल्लेख गरिएकाे छ ।

यस्ताे छ भिडियाे

सापकोटाकै शब्द रचना रहेको गीतमा राजु कंडेल, रोमा कंडेल,  डोचाराम सापकोटाको अभिनय रहेको छ । बिशाल भट्टले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । भिडियाेमा सापकोटाकै निर्देशन रहेको छ । वि स्टार नेपालको अफिसियल यु ट्युब मार्फत भिडियो सार्बजनिक गरिएको हो ।

चेतन सापकोटाले प्रबासमा रहेर नेपाली गीत संगीतमा केहि गर्ने चाहना राख्ने प्रतिभाहरुलार्इ सांगीतिक क्षेत्रमा भित्र्याई रहेका छन् । चेतनले केहि समय पहिले बेल्जियम बस्दै आएका नारायण धिताल र अर्जुनरत्न भिकारीको एल्बम ‘जय माया प्रेम’ सार्बजनिक गरेका थिए । यो पटक जापान बस्दै आएका राजु कंडेललाइ प्रस्तुत गरेका छन् ।