जन्म दिनमा गीतकार शान्तिप्रियले ल्याए नयाँ भिडियो


व्युटी न्युज नेपाल
काठमाडौं, १९ जेठ

चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रियले आफ्नो जन्मदिनको अवसर पारेर गत वर्ष बजारमा ल्याएका गीतिसँग्रह ‘अधर’ समाविष्ट गीत मेरो दुरी चल्यो, मन भीत्र हुरी चल्यो… को भिडियो फेरी जन्मदिनकै अबसरमा शुक्रबार सार्वजनिक गरेका छन् ।

गीतको संगीतकार दिपकशर्मा हुन् भने गायक राज सिग्देलले गाएका हुन् । सुदिप सागरले यस गीतलाई एरेञ्ज गरेका छन् । भिडियोलाई गीतकार स्वयं शान्तिप्रियले निर्देशन गरेका छन् । गीतमा शुशान्त कार्की, अनामिका चौलागाई र रश्मी रोदनको अभिनय छ । गीतको छायांकार एवं सम्पादक माधवराज खरेल हुन् । भिडियोलाई छायाँछवि क्रियशनले निर्माण गरेको हो ।

सार्वजनिकगीतमा मायाका, प्रेम पिडाका एवं समर्पणका भावलाई समेटीएको छ । शान्तिप्रियले आफ्नो गीति एल्वम अधरमा समावेश गरेको गीतलाई म्यूजिक भिडियो निर्माण गरी सार्वजनिक गरेका हुन् । गीत प्रेमको उच्चतम् विन्दुमा समर्पण भएको गीतकार शान्तिप्रियले बताए । एक अर्काप्रति समर्पित प्रेममय जोडीमा सानो विछोड वा दुरी पनि कति पिडादायी हुन्छ भन्ने कुरा गीतले बोलेको उनले बताए ।