सन्ध्याको चोलीको तुनामा लठ्ठीदै नाचे पण्डित


व्युटी न्युज नेपाल
काठमाडौं, १७ जेठ

गाउँमा तन्नेरी पण्डितहरु छन् । तर उनीहरुको मन पुरेत्याईं भन्दा युवतीहरु तिर जान्छ । सोही क्रममा आईटम गीत बज्छ । युवतीहरु नाच्छन् । पण्डितहरु पनि नाच्न पछि पर्दैनन् ।

आगामी ४ साउनमा रिलिज हुने भनिएको चलचित्र ‘पण्डित बाजेको लौरी’ एउटा गीत चोलीको तुना…को भिडियो दृष्य हो हो । बिहिबार राजधानीमा एक समारोहबीच यो गीतको भिडियो रिलिज गरिएको छ । यो आईटम गीतमा अभिनेत्री सन्ध्या केसी निकै कामुक भावमा नाच्छिन् । उनीसँगै मरिश्का पोखरेल, भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी लगायतको नृत्य छ ।

एउटा गाउँका विभिन्न पण्डितहरु एउटा केटीको कसरी पछि लाग्छन भन्ने रमाईलो कथा यो गीतले पनि देखाउँछ । चलचित्रको कथा पनि यस्तै छ । यो गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत, मिना निरौला र श्रीकृष्णकै स्वर रहेको छ । यो गीतको भिडियोलाई बिक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् ।

दिपक ओलीले निर्देशन गरेको यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । यसमा विदुर पाण्डेको छायाँकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी, श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत रहेछ ।

थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त निर्माण गरेको पण्डित बाजेको लौरीमा लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारीको पनि अभिनय छ ।