नाचघरमा शनिबार रामेशको एकल शो


व्युटी न्युज नेपाल
काठमाडौं, १७ जेठ

जनकलाकार रामेश श्रेष्ठ यस पटक आफ्ना चर्चित गीत संगीत सहित एकल साँझको रुपमा दर्शकमाझ आउने भएका छन् । ११ औं गणतन्त्र दिवसको अवसरमा उनी राष्ट्रिय नाचघरमा एकल गीतसंगीतका साथ प्रस्तुत हुँदैछन् ।

बिहिबार अभ्यासका क्रममा रामेशले व्युटी न्युज नेपालसँग भने,‘अब अभ्यासको काम लगभग पुरा भएको छ । यस पटक सांस्कृतिक संस्थान र सार्थक जनसंगीत प्रतिष्ठानको सँयुक्त आयोजनामा १९ जेठ शनिबार दिउँसो ३ बजेबाट मैले करिब १८ ओटा आफ्ना गीतहरु प्रस्तुत गर्दैछु ।’ यो सँगीतिक साँझ ‘युगिन आबाज’मा आफुले पाँच दशक यता गाएका गीतहरु सुनाउने गायक रामेशले बताएका छन् ।

यो एकल सँगीतिक साँझका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत रामेशका गीतहरु सुन्ने कार्यक्रम रहेको आयोजक संस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी गराएका छन् । कार्यक्रममा रामेशलाई अभिनन्दन समेत गरिने भएको छ ।

२५ जनावाद्यवादक तथा एक दर्जन कोरश कलाकारहरुको सहयोगमा प्रत्यक्ष रुपमा रामेशले आफ्ना गीतहरु प्रस्तुत गर्ने छन् । सो कार्यक्रमका सांगीतिक संयोजन सुभबहादुर सुनाम छन् ।