व्युटी न्युज नेपाल
काठमाडौं, १७ जेठ

सात दशक भन्दा लामो समयदेखि नेपाली सुगम संगीतमा निरन्तर योगदान पुर्याएको आएका बरिष्ठ गायक प्रेमध्वज प्रधानलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड–२०७५’बाट सम्मानित गरिने भएको छ ।
चौथो ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’मा प्रधानलाई ११ हजार १ सय ११ रुपैयाँ सहित सो सम्मान प्रदान गर्न लागिएको आयोजक किरण अधिकारीले जानकारी गराएका छन् ।

यस्तै सोही कार्यक्रममा, सञ्चारकर्मी राम अविरल थापालाई रङ्ग पत्रकारिता पुरस्कार, शिवराम भण्डारीलाई लोक सञ्चारकर्मी पुरस्कार प्रदान गरिने भएको छ । यी दुबै पुरस्कारको राशी जनही ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ ।

Ram Abiral

यस्तै मच्छेश्वर सापकोटालाई दीर्घ कलाकारिता सम्मान तथा हरि कमाचार्यलाई कलाकारिता सम्मान प्रदान गरिने भएको छ । सुन्दरादेवी सन्देश म्युजिक अवार्ड आयोजक टिमले बुधबार काभ्रेको वनेपामा पत्रकार सम्मेलन गर्दै सो घोषणा गरेको हो । आगामी २६ जेठमा काभ्रको बनेपामा हुने अवार्ड समारोहमा यी सम्मान एवम् पुरस्कार प्रदान गरिने छ ।

‘नेपाली गीत सङ्गीत हाम्रो पहिचान, सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराको साथ मोफसलको नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनमा हुने यो राष्ट्रिय अवार्डको व्यवस्थापन नाटेश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्ट प्रा.लिले गर्ने भएको छ ।

विभिन्न ३८ विधामा प्रदान गरिने यो अवार्डको लोक, आधुनिक, तामाङ सेलो, पपसहित गीत, सङ्गीत, शब्द, म्युजिक भिडियोलगायतमा उत्कृष्ट पाँचको मनोनयन केही दिन अघि सार्वजनिक गरिएको थियो ।
उतकृष्ट पाँचबाट सार्वोत्कृष्ट एक छान्नका लागि भोटिङ पनि सुरु गरिएको छ । भोटिङ गर्नका लागि एसएस एम ए टाइप गरि सम्बन्धित स्रष्टा सर्जकको नाम लेखि भोटिङ कोर्ड लेख्नु पर्ने अध्यक्ष किरण अधिकारीले जानकारी गराए ।

‘पहिलो दोस्रो क्षेत्रियस्तरमा भएको यो अवार्ड तेस्रो संस्कणदेखि राष्ट्रिय स्तरमा हुन लागेको हो । अवार्डलाई सभ्य र भव्य बनाउनका लागि सम्पूर्ण तयारीमा हामीहरु जुटेका छौ’ अवार्डका अध्यक्ष अधिकारीले भने ।