चलचित्र कस्मिक लभ निर्माण घोषणा


व्युटी न्युज नेपाल

काठमाडौं, १६ जेठ

चलचित्र ‘कस्मिक लभ’ निर्माण हुने भएको छ । यस अघि विभिन्न चलचित्र निर्माण गर्दै आएका सुरज प्रधानले चलचित्र कस्मिक लभको निर्माण घोषणा गरेका हुन् ।

यो चलचित्रमा प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्केलाई अनुबन्धित गरिएको निर्माण पक्षको भनाई छ ।

यो फिल्मलाई निर्देशन शँकर अधिकारीले गर्नेछन् । गीत लेखनमा चर्चा कमाए पनि चलचित्र निर्देशनका लागि उनी नयाँ हुन् । यस अघि केही सर्ट फिल्म युट्युवका लागि बनाएको अनुभव शँकरसँग छ ।

जय गौतमले निर्माण गर्ने चलचित्र कस्मिक लभमा यी तिन कलाकारहरु फाईनल भएको र अरु कलाकार चयन जारी रहेको गौतमले बताए ।

मुभी मेकर्सको ब्यानरमा बनाईने यो फिल्मको प्रस्तुतकर्ता सुरज प्रधान रहने छन् ।

यो फिल्मलाई १ असारबाट छायांकन सुरु गरिने छ । चलचित्रलाई सुरेश बज्राचार्यले छायांकन गर्दैछन । कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछानेको रहनेछन । शेखर ज्ञावालीको कथा रहेको चलचित्रमा बाबु साहेबको द्वन्द्व रहने पनि प्रधानले बताएका छन् ।