आफ्नै कथामा उमेश र कविता बोबीमा नायक नायिक– मिलन


व्युटी न्युज नेपाल
काठमाडौं १५ जेठ
यस अघि निर्देशक मिलन चाम्सले बास्तविक कथामा अन्यपात्रलाई अभिनय गरेर चलचित्र ब्ल्याईन्ड रक्स बनाएका थिए । दृष्टी बिहिन सृष्टीको कथामा उनले अभिनेत्री बेनिशा हमाललाई सृष्टी बनाएर पर्दामा उतारेका थिए । यस पटक उनले दुई पात्रलाई उनीहरुकै जीवनकथामा बास्तविक नायक नायिका बनाएर उतारेका छन् ।

बास्तविक कथा र बास्तविक पात्रहरुमा केन्द्रित उनको चलचित्र ‘बोबी’लाई आगामी २९ असारबाट देशव्यापी रुपमा सिनेमा हलमा दर्शकले हेर्न पाउने छन् । हाल नर्वेमा बस्दै आएका दम्पत्ति उमेश थापा र कविता गुरुङको प्रेमकथालाई समेटेर उनले यो चलचित्र बनाएका हुन् ।

प्रदर्शनको यो मिति घोषणा सहित बोबीको एउटा नयाँ गीतको भिडियो रिलिज उनले रिलिज गरेका छन् । मँगलबार राजधानीमा एक समारोहबीच यो चलचित्रको गीत आँखाको नानी…को भिडियो सार्वजनिक सहित रिलिज मिति घोषणा गरिएको हो ।

यो चलचित्रमा आफ्नो बास्तविक कथामा उमेर र कविताले नै प्रेमी प्रेमिका तथा श्रीमान श्रीमती भएर अभिनय गरेका छन् । बोबीमा उनीहरुको स्कुले जीवनको प्रेमदेखि अन्तरजातीय विवाह विरुद्धको सँघर्ष हुँदै नर्वेमा पुगेर प्राप्त गरेको सफलतासम्म देख्न पाईने छ ।

kabita in press meet of boby

यसै क्रममा यो चलचित्रको उमेर र कविताले अभिनय एवम् नृत्य गरेको आँखाको नानी…गीतको भिडियो सार्वजनिक गरिएको हो । यी दुईको अभियन एवम् नृत्य भिडियोमा राम्रो देखिएको छ ।

मँगलबार रिलिज गरिएको गतिमा बसन्त सापकोटाको शब्द, गीत, राजेशपायल राई र दीपा लामाको स्वर रहेछ । गीतलाई नर्वेका रमणीय दृश्यमा खिचिएको छ । गीत र भिडियो दुबै राम्रो बनेको र चलचित्रमा राम्रो बनेको विश्वास आफुले लिएको गायक राजेशपायल राईले बताए । छोटो समयमा तयार गरिएको गीत राम्रो बनेको भनाई सँगीतकार सापकोटाको थियो ।

कार्यक्रममा बोल्दै बास्तविक अभिनेत्री कविताले यो चलचित्रलाई गत साता नर्वेमा रेड कार्पेट प्रिमियर गरिएको र त्यहाँ दर्शकले अत्याधिक मन पराएको पनि कविताले बताईन् । उनले चलचित्र बारे भनिन्,‘हामीले अन्तरजातीय प्रेमलाई सफलपार्न धेरै नै संघर्ष गर्नु परेको थियो । त्यो सँघर्षलाई अभिनयमा मार्फत चलचित्रमा उतार्नु पर्दा त्यति गाह्रो परेन ।’

निर्देशक मिलन चाम्सले पनि बास्तविक जोडीलाई उनीहरुकै कथामा अभिनय गराउँदै कलाकारलाई अभिनय गराएको भन्दा सजिलो आफुलाई भएको बताए । यी जोडीको कथा त्यत्तिकै मार्मिक भएको र दुबैका काम फिल्मका हिरो हिरोईन भन्दा काम नभएको पनि निर्देशक चाम्सले जिकिर गरे । ‘बोबी’को स्क्रिप्ट संचारकर्मी नरेश भट्टराईले लेखेका हुन् । यसमा नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन छ ।

यो चलचित्रको सम्पूर्ण छायाँकन नर्वेमै गरिएको छ प्रेम कथामा आधारित यो चलचित्रमा उमेर र कविता बास्तबिक भएपनि बाँकी चरित्र अरु कलाकारले निर्वाह गरेका छन् । विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणालगायतका कलाकारको अभिनय छ ।