व्युटी न्युज नेपाल
काठमाडौं, १४ जेठ

अन्तराष्ट्रिय फेशन शोमा भाग लिईसकेकी फेशन डिजाईनर दलजीत सुनादले काठमाडौंको सोल्टीमोड स्थित पाँचतारे होटल ‘सोल्टी क्राउन प्लाजा’मा ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन शो–२०१८’ आयोजना गरेकी छिन् ।

अन्तर्राष्ट्रियस्तरको यो फेसन शोमा दुई दर्जन व्यवसायिक मोडलले सुदानको फेशन र्याम्पमा प्रस्तुत गरे । शुक्रबार साँझको ८ बज्नै लाग्दा डान्सिङ म्युजिक बिटमा १९२ फिट लामो युसेफ र्याम्पमा मोडलहरु एक–एक गरी प्रस्तुत भए । स्टेज परम्परागत भन्दा केही भिन्न थियो । त्यसैले मोडलहरुको क्याटवाक हेर्न दर्शकले घाँटी तन्काउनु पर्दथ्यो । थुप्रै फेसन सो मार्फत आफ्ना डिजाइनहरु प्रस्तुत गरिसकेकी सुदानको नेपालका लागि यो पहिलो एकल सो थियो ।

एकपछि अर्को गरी मोडलहरुले ३ ‘सिक्वेन्स’मा बिभिन्न आकर्षक पहिरनहरु त्यहाँ प्रस्तुत गरे । १६ महिला र ८ पुरुष गरी २४ मोडल र्याम्पमा उत्रिएका थिए । जसमा नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, बिबेक खड्का लगायत व्यबसायी मोडलहरु र्याम्पमा प्रस्तुत भएका थिए ।

नेक्स्ट मोडल नेपालको इभेन्ट व्यवस्थापनमा आयोजना भएको ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन २०१८’को उद्देश्य नेपाली कपडाको प्रवद्र्धन तथा नेपाली पहिरनलाई विश्वसामु पुर्याउन हो । आफुले आयोजना गरेको फेसन शो मध्य अहिले सम्मकै उत्कृष्ट भएको इभेन्ट व्यवस्थापन नेक्स्ट मोडल नेपालकी निर्देशक यतना पाण्डेले बताइन् ।

अन्तर्राष्ट्रियस्तरमा चिनिएकी फेसन डिजाइनर दलजित सुदानको एकल क्रियशन कार्यक्रममा प्रस्तुत गरिएको थियो । डिजाइनर दलजित सुदानले ‘म्याजिक अफ जफ्रान’ अबधारणामा तयार पारेको डिजाइनहरू निकै आर्कषक देखिन्थे ।

प्रस्तुती ः जयनसुब्बा मानन्धर