कल्पनाको शिरमा मिसेस नेपाल एलिगेन्सको ताज


व्युटी न्युज नेपाल
काठमाडौं, १४ जेठ

आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्दै दाङकी कल्पना श्रेष्ठ (रोयल)ले ‘मिसेस नेपाल ईलिगेन्स–२०१८’को उपाधि जितेकी छिन् । सोमबार बेलुका राजधानीको जमल स्थित नाचघरमा र्याम्प जोनद्धारा आयोजित सो प्रतियोगितामा कल्पनाले शिर्ष उपाधि सहित पाँच हजार रुपैयाँ, तीन महिनाको व्युटिसयन कोर्ष, जुम्बा कोर्ष र अन्य उपहार पाईन् । यस्तै उनले पोजेटिभ एटिच्युटको उपाधि पनि जितिन् ।

काठमाडौंकी सविना महर्जन सो प्रतियोगितामा मिसेस फोटोजेनिक र फेशबुक च्वाईस सहित फस्ट रनरअप भईन् । यस्तै जनकपुरकी लक्ष्मी शर्मा मोस्ट डेडिकेट सहित सेकेन्ड रनरअपको उपाधि बिजेता बनिन् ।

सो प्रतियोगितामा कुमारी गुरुङ मोस्ट पपुलर, भिवर्स च्वाईस र बेस्ट फिटनेश, रुमा शाक्य बेस्ट क्याटवाक र बेस्ट पर्सनालिटी, गृष्मा प्रधान बेस्ट स्माईल अवार्ड बिजेता बन्न सफल भए । यस्तै शोभा श्रेष्ठ मोस्ट फ्रेन्डली, बिना गुरुङ सिवाकोटी बेस्ट हेयर, मानमती कार्की मोस्ट डिसिप्लेन, मञ्जु क्षत्री मोस्ट व्युटीफुल र मन्दिरा केसी बेस्ट स्किनसँगै मोस्ट ट्यालेन्ट उपाधि बिजेता बने ।

महिलाहरुको व्यक्तित्व विकाससँगै प्रतिभा प्रस्तुतिकोलागि यो प्रतियोगिता आयोजना गरिएको र्याम्प जोनकी प्रबन्ध निर्देशक रमी श्रेष्ठ बज्राचार्यले बताईन् । यो प्रतियोगिताको कोरियोग्राफर आश्विनी झालाई र्याम्पजोन एक्सिलेन्सी अवार्डबाट कार्यक्रममा सम्मानित गरियो ।

पूर्व मिस नेवा सुनिता डंगोलले सञ्चालन गरेको सो कार्यक्रमको संयोजन रेनु सेन्चुरी र दिग्विजय श्रेष्ठले गरेका थिए । सो प्रतियोगिताको अफिसियल मेकअपमा टिन क्रिएटिभ व्युटी पार्लर एन्ड स्पाकी निरुपा गड्तौला थिईन् । यस्तै अफिसियल फेशन डिजाईनरमा सारिका राई, सरिना बुढाथोकी लगायन इन्टरनेशनल इन्टिच्युट आफ फेशन टेक्नोलोजी (आईआईएफटी)का फेशन डिजाईनरहरु थिए ।

मिसेस नेपाल एलिगेन्सका निर्णायकमा राजधानी दैनिकका बरिष्ट उप सम्पादक, चलचित्र निर्देशक तथा लेखक डब्बु क्षत्री, संगीतकार, पत्रकार सरोज प्याकुरेल, अभिनेत्री एवम् नेपाल चलचित्र कलाकार संघकी उपाध्यक्ष रेजिना उप्रेती, चर्चित फेशन डिजाईनर तथा लन्डन फेशन हाउसकी अध्यक्ष मनिषा डँगोल श्रेष्ठ र मिसेस नेपाल ग्रान्डकी सेकेन्ड रनरअप एलिना ध्वजु सुवेदी थिईन् ।