सौन्दर्यप्रेमीको मन जित्दै व्युटी ब्रान्ड एम्बेस्डर सुहाना


व्युटि न्युज नेपाल
काठमाडौं, १४ जेठ

काठमाडौंमा गत चैतमा विलक्षण क्रियसन र रोज सिप विकास तालिम केन्द्रले आयोजना गरेको ‘व्युटिसियन ट्यालेन्ट नेपाल–२०१८’मा काठमाडौं दहचोककी सुहाना अर्यालले ‘बेस्ट फिगर’को उपाधि जितिन् । उनी पछिल्लो समय व्युटिसियनसँगै मोडलिङमा समेत व्यस्त छिन् ।

सुहाना अर्याल पछिल्लो समयकी उदयमान व्युटिसियनमा पर्छिन । चलचित्रकी नायिका जस्तै उनी आफैंमा सुन्दर छिन् । यही विशेषताले उनले बेस्ट फिगरको उपाधि जितेकी हुन् ।

उनी अरुलाई पनि त्यत्तिकै सुन्दर बनाउन माहिर छिन् । किनकी उनी एक सफल मेकअप आर्टिस्ट हुन् । सुहानाले थुप्रै कार्यक्रममा सफल मेकअप आर्टिस्टको कदरपत्र समेत प्राप्त गरिसकेकी छिन् ।

सुहानाले ब्राईडल मेकअप, कटक्रिज मेकअप, फिल्मी मेकअप, आर्ट मेकअप, सिम्पल मेकअप, फेशन मेकअप, इफेक्ट मेकअप जस्ता विविध मेकअप गर्छिन ।

त्यसो त सुहाना यस व्युटी न्युज नेपालकी व्युटी ब्रान्ड एम्बेस्डर समेत हुन् । विभिन्न फेशन शोमा मोडलको रुपमा प्रस्तुत भईसकेकी उनले आफुलाई व्युटिसियन र मोडल दुबै रुपमा अघि बढाईरहेकी छिन् ।

सुहाना ‘नेल टेक्निसियन’को रुपमा चर्चित छिन् । दुई वर्ष अघि नेल आर्टमा ‘स्पेशलाईजेसन’ गरेपछि उनले आफुलाई ‘नेल आर्ट स्पेशल टेक्निसियन’को रुपमा प्रस्तुत गर्दै आएकी छिन् । सुहानाले विभिन्न प्रकारका नेलआर्ट गर्दै तथा विधार्थीलाई सिकाउँदै आएकी छिन् ।

दिवँगत यादबप्रसाद अर्याल र भगवती अर्यालकी कान्छी छोरीको रुपमा काठमाडौंको बसन्तपुरमा जन्मिएकी सुहानाले व्युटिसियसन पेशा अँगालेको करिब आधा दशक हुन लाग्यो । हँसिलो स्वभावकी सुहाना मिलनसार छिन् । यही स्वभावका कारण उनलाई साथीहरुले मन पराउँछन् । त्यसैले उनी आफ्ना गुरु देखि विधार्थीसम्मकी प्रिय छिन् ।

उनी आफु सानैदेखि व्युटी तर्फ आकर्षित भएको बताउँछिन् । स्कुले जीवनमै आफुले मेहन्दी लगाउने, साथीहरुलाई लगाईदिने, स्कुल पढ्दा झोलामा मेकअपको सामान समेत बोकेर बेला बेलामा साथीहरुलाई श्रृँगार्नु उनको विशेषता थियो । यही विशेषताले आफु नजानिदो किसिमले व्युटिसियन पेशातर्फ ढल्किएको सुहानाले बताईन् ।

रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा एक वर्ष प्रशिक्षण लिएपछि सुहानाले व्युटिसियन पेशा सुरु गरेकी हुन् । त्यसपछि उनले आफुलाई अझ परिपक्क बनाउन व्युटिपार्लरमा दुई वर्ष काम गरिन् । सो क्रममा आफ्नो सौन्दर्य कलामा निखार आएको सुहानाले बताईन् ।

सिटिईभिटीबाट ‘स्किल टेस्ट’ सम्बन्धि ‘ए’ लेभल उतिर्ण समेत गरेकी सुहानाले यसै महिनाबाट काठमाडौंको दहचोक स्थित खहरेमा आफ्नो व्युटी पार्लर सुरु गरेकी छिन् । आफ्नो पार्लर ‘फुल मुन व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ बाट उनले अहिले व्युटी सम्बन्धि विविध सेवा दिईरहेकी छिन् ।

व्युटी पार्लरलाई नै व्यबसायको रुपमा अपनाएपछि यसलाई निरन्तरता दिन आफ्नै पार्लर सुरु गरेको उनले बताईन् । सुन्दरता सबैकालागि अपरिहार्य भएकाले आफु राम्री हुने र अरुलाई समेत राम्री बनाउने उदेश्य फुल मुन व्युटी पार्लरको रहेको उनको कथन छ । आफुहरुले कस्टमर केयरमा विशेष ध्यान दिने गरेको उनले दाबी गरिन् । सोही कारण पार्लर खोलेको एक महिनामै कस्टमरको मन जित्न थालेको पनि यी व्युटिसियनको भनाई छ ।

हाललाई महिलाकोलागिमात्र खोलिएको फुलमुन व्युटी पार्लरमा आफुले विभिन्न फेसियल, हेयर कटिङ, कलरिङ सहित सबै सेवा, नेल आर्ट, मेहन्दी, मेनी केयर, पेडी केयर, स्किन केयर जस्ता सेवा सहित बेसिक, एडभान्स, डिप्लोमा ट्रेनिङसमेत दिने गरेको सुहानाले बताईन् ।

नजिकिँदै गरेको साउन र तिजको अबसर पारेर आफुले मेहन्दी सम्बन्धि विविध प्रशिक्षण क्लास पनि विशेष छुटका साथ सुरु गर्न लागेको सुहानाले जानकारी गराईन् ।