शान्तिरामको अध्यक्षतामा संगीतकार संघमा नयाँ कार्यसमिति


व्युटी न्युज नेपाल
काठमाडौं, १४ जेठ
संगीतकार संघ नेपालको शनिबार काठमाडौंमा सम्पन्न आठौं वार्षिक साधारण सभा तथा अधिवेशनबाट संगीतकार शान्तिराम राई दुई वर्षकालागि अध्यक्षमा चयन भएका छन् ।

उनी अध्यक्षमा निर्विरोध चयन भएका हुन् । नव निर्वाचित अध्यक्ष राईको नेतृत्वमा संघको ११ सदस्यीय केन्द्रिय कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिल मास्के, महेश खड्का, चेतन सापकोटा, महासचिवमा पारस मुकारुङ, सचिवमा बसन्त सापकोटा र कोषाध्यक्षमा हरि लम्साल चयन भएका छन् ।

यस्तै संघको केन्द्रिय सदस्यमा सो सभाबाट मिलन मोक्तान, शशी रावल, राजेश थापा र जेम्स प्रधान चयन भएका छन् ।
संघको संरक्षकमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटालाई मनोनयन गरिएको छ । संघका यस अघिका अध्यक्ष लक्ष्मण शेष निवर्तमान अध्यक्षसँगै संरक्षकका रुपमा रहेका छन् ।