प्रशिक्षणमा मिस टिन एसईई २०१८का प्रतियोगी


व्युटी न्युज नेपाल
काडमाडौं, १३ जेठ

चौथो सँस्करणको ‘मिस टिन एसईई २०१८’का प्रतियोगीहरु यतीबेला प्रशिक्षणमा व्यस्त छन् । स्टार वन इन्टरटेनमेन्टले एसइईका विद्यार्थीहरुलाई लक्षीत गर्दै राजधानीमा यो प्रतियोगिता आयोजना गरेको हो ।

इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाका अनुसार एसइई परिक्षा दिएर उच्च शिक्षा अध्ययनको प्रतीक्षामा बसेका किशोरीहरुको आत्म विश्वास र व्यक्तित्व विकासका लागि आयोजित यो प्रतियोगिताको आगामी २ असार जमलस्थित राष्ट्रिय नाचघरमा बिजेता चयन गरिने छ ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धीमा सारिका खडका, कामना घिमिरे, ललिता ओली, अलिशा लामिछाने, प्रिश्मा लुईटेल, रश्मिता थापा, श्रेया कार्की, सन्ध्या सिग्देल, कुसुम गिरी, जश्मिन थापा मगर, निमालमु शेर्पा, जेशिका भण्डारी, रक्षा न्यौपाने, श्नेहा न्यौपाने, येजु तामाङ्ग, रोशनी थिङ, सोफिया तण्डुकार, रोशिका खनाल, इशा कार्की, जश्मिन शाह, उच्चता पुन मगर, यहना राई र सोनिया श्रेष्ठ रहेका छन् ।

प्रतियोगिताका व्यबस्थापक बालकृष्ण निरौलाका अनुसार नयाँ वानेश्वरस्थित होटल रानी महलमा प्रतियोगी किशोरीहरुलाई विभिन्न क्षेत्रका विज्ञहरुद्वारा विविध प्रशिक्षण दिने कार्य भईरहेको छ । प्रतियोगिताको संयोजक सम्राट साह र कोरियोग्राफर अश्विनी झा रहेका छन् ।