पुलिस बनेर यसरी नाचे बिरांगनामा अनुप​ र​ शिल्पा( भिडियाे सहित)


व्युटी न्युज नेपाल
काठमाडाैं, १२ जेठ
अागामी २९ असारबाट देशव्यापी प्रदशर्नीमा अाउने चलिचत्र  वीराङ्गनाको पहिलो गीत ‘तिमी पुलिस म नि पुलिस…’काे भिडियाे  सार्वजनिक भएको छ । राजधानीमा सम्पन्न  डि सिने अवार्ड​ स​मारोह​को बिच​मा याे गीतकाे भिडियाे  सार्व​ज​निक ग​रिएको हो ।
गीतमा दिपक शर्माको संगीत, महिमा श्रेष्ठ र योन्जक लामाको स्वर, दिनेश सुवेदीको शब्द  छ । गीतकाे भिडियाेकाे  कविराज गहतराजको कोरियोग्राफी गरेका हुन् ।
शसस्त्र प्रहरीकाे संघर्षमा अाधारित भनिएकाे याे चलचित्रका तिमी पुलिस…गीतमा अनुप विक्रम शाही र शिल्पा पोख​रेल​लाई पुलिसको ड्रेसमा नृत्य गराइएकाे छ । नारी प्रदान कथामा अाधारित भनिएकाे याे चलचित्रकाे निर्देशक राज बहादुर साने हुन् । जसमा हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ ।
याे चलचित्रमा शिल्पा र अनुपसँगै पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्मको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् ।बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा  सह निर्माता सुमि चाम्लिङ​ राई र​हेका छ​न् ।