व्युटी न्युज नेपाल
काठमाडौं, १२ जेठ
र्याम्प जोनको आयोजनामा हुन लागेको मिसेस नेपाल एलिगेन्स-२०१८ मा यतीबेला ११ महिलाहरु अन्तिम तयारीमा व्यस्त छन् । यो प्रतियोगिता १४ जेठमा काठमाडौंको नाचघरमा आयोजना हुँदैछ ।
ती प्रतियोगहरु रुमा शाक्य, सविना महर्जन, कुमारी गुरुङ, गृष्मा प्रधान, शोभा श्रेष्ठ, लक्ष्मी शर्मा, मनमती कार्की, मञ्जु क्षत्री, कल्पना रोयर श्रेष्ठ, मन्दिरा केसी रहेका छन् ।
प्रतियोगीहरु एक महिना भन्दा लामो समयदेखि विविध प्रशिक्षणमा व्यस्त रहेको आयोजक रमी श्रेष्ठ बज्राचार्यले बताईन् । रमीका अनुसार महिलाहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिकालागि यो प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरिरहेका छन् । प्रतियोगीहरुलाई व्यक्तित्व विकाश सहित विभिन्न प्रशिक्षण दिएर अन्तिम प्रतिस्पर्धामा उतार्न लागिएको आयोजक रमीले जानकारी गराईन् । तस्बिरमा हेर्नुस एलिगेन्सका ११ प्रतियोगी –
१. रुमा शाक्य

Ruma Shakya
२. सविना महर्जन

Sabina Maharjan
३.कुमारी गुरुङ
४. गृष्मा प्रधान

grishma pradhan
५. शोभा श्रेष्ठ

Shova Shrestha
६. विना गुरुङ सिवाकोटी

Bina Gurung Siwakoti
७. लक्ष्मी शर्मा

Laxmi Sharma
८. मनमती कार्की

Manmati Karki
९. मञ्जु क्षत्री

manju kshetri
१०. कल्पना रोयर (श्रेष्ठ)

Kalpana Royal
१२. मन्दिरा केसी

Mandira KC