२२ भदौमा आउँदै सुब्रतको सुश्री सम्पत्ति


व्युटी न्युज नेपाल
काठमाडौं, १२ जेठ

हास्य प्रधान चलचित्र ‘सुश्री सम्पति’ आउदो २२ भाद्रबाट रिलिज हुने भएको छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा बिके फिल्मसका गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

वितरकसँगको छलफलपछि रिलिज डेट तय गरिएको निर्माण पक्षले जनाएको छ । रङ पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको उनको यो दोस्रो चलचित्र हो । सुश्री सम्पत्तिको पोष्टर पनि सार्वजनिक गरिएको छ । पोष्टरमा फिल्मका तीन पात्र सलोन बस्नेत, सारा सिरपाली र बिनोद न्यौपानेलाई प्रस्तुत गरिएको छ ।

एक सुसम्पन्न युवतीको लागि केही युवाहरु लागिपरेको कथामा यो चलचित्र केन्द्रित छ । सुश्री सम्पत्तिमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय छ । प्रियँका कार्कीलाई यसमा विशेष भूमिकामा देख्न सकिन्छ ।

यो चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । जसमा सुरेश अधिकारीको शब्द र संगीत, कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायाँकन छ ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको सम्बाद रहेकाे याे चलचित्रको पटकथा अभिमन्यूकै हो ।