सृष्टीको बास्तविक रोमियो सौगात, फिल्मी रोमियो बिनय


गसिप
व्युटी न्युज नेपाल
काठमाडौं, ११ जेठ

पूर्व मिस नेपाल अभिनेत्री सृष्टी श्रेष्ठले आफुलाई मन पर्ने रोमियो (प्रेमी)को स्वभाव बारे खुलासा गरेकी छिन् । चलचित्र रोमियो एन्ड मुनाको पत्रकार भेटघाटमा उनलाई कस्तो रोमियो जीवनमा आबस्यक छ भनेर सोधिएको प्रश्नमा उनले सौगातसँग मिल्ने गुणयुक्त रोमियोको व्याख्या गर्दै भनिन्,‘मलाई एक्लो हुन नदिने, खुबै केयर गर्ने, म र मेरो पेशा बुध्ने, समझदार, इमान्दार रोमियो मेरो जीवनमा हुनु पर्छ ।’

अभिनेत्री सृष्टीले भनेको यी सबै गुण उनको नजरमा अभिनेता सौगातसँग छ । त्यसैले उनको बास्तविक रोमियो सौगात नै हुन भन्दा फरक पर्दैन । किनकी अभिनेत्री सृष्टी श्रेष्ठ दुई वर्ष यताबाट अभिनेता सौगात मल्लसँग प्रेम सम्बन्धमा छिन् । यहाँसम्मकी चलचित्र रोमियो एन्ड मुनाको छायाँकनका क्रममा समेत सृष्टीलाई एक्लो महसुस नहोस भनेर अभिनेता सौगात सो फिल्मको सुटिङमा सृष्टीलाई भेटन धरान पुगेका थिए । उनी सबै काम छाडेर साे क्रममा केही दिन धरानमै बसेका थिए ।

राम्रो सिनेमा पाए सौगात र सृष्टीसँगै काम गर्ने पक्षमा छन् । याे कुरा साैगातले पत्रकारलार्इ बतार्इ सकेका छन् । यी दुई कलाकार एक अर्कालाई गहिरो प्रेम गर्छन । त्यसैले नेपाली चलचित्रका विभिन्न जोडी मध्य सृष्टी र सौगात पनि बास्तविक रोमियो एन्ड जुलिएट हुन भन्दा अतिरञ्जना नहाेला ।

सृष्टी श्रेष्ठले चरित्रको दृष्टीकोणले अभिनेता बिनय श्रेष्ठ उत्कृष्ट रोमियो भएको बताएकी छिन् । कार्यक्रममा बिनयको गुनगान गाउँदै एउटा प्रेमीले प्रेमिकालाई दिन सक्ने सबै मायाँ बिनयले आफ्नी प्रेमिकालाई दिने गरेको उनले बताईन् ।
फिल्म छायाँकनका क्रममा बिनयबाट धेरै साथ पाएको पनि उनले खुलाईन् । कार्यक्रममा उपस्थित बिनयकी श्रीमतीलाई देखाउँदै बिनयले गर्ने मायाँ बारे आफुले भन्दा अझ धेरै बिनयकै श्रीमतीले बताउन सक्ने उनले ठट्यौली गरिन् ।

यो चलचित्रमा रोमियोको भूमिकाका लागि आफुले बास्तवमै रोमियो जस्तो अभिनेता पाएको र रोमियो तथा मुनाको भूमिकामा आफु र बिनय उपयुक्त भएको पनि यी अभिनेत्रीले दाबी गरिन् ।