अनमोल र निता उत्कृष्ट अभिनेता अभिनेत्री


 १० औं छायाँछबी डि सिने अवार्ड

व्युटी न्युज नेपाल
काठमाडौं १० जेठ
सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र कृबाट अनमोल केसीले हाँसिल गरेका छन् । यस्तै सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र पञ्चायतबाट निता ढुँगानाले चुमेकी छिन् ।

छायाँछबी क्रियसनद्धारा बिहिबार राजधानीमा भव्यताका साथ आयोजित १० औं संस्करणको ‘इएनआई डि सिने अवार्ड २०७५’मा अनमोल र निता सम्बन्धित चलचित्रबाट सर्वोत्कृष्ट भएकी हुन् ।

यस्तै उत्कृष्ट नव अभिनेत्रीको अवार्ड लिली बिलीबाटै जसिता राईले जितिन् । सोही कार्यक्रममा सर्वोत्कृष्ट नव अभिनेताको अवार्ड चलचित्र ए मेरो हजुर २ बाट सलिनमान बनियाँले प्राप्त गरे ।

चलचित्र यात्राको छायाँकनका कारण सलिनमानले र बेलायतमा हाल परीक्षामा व्यस्त भएका कारण जसिताले आफुहरु अवार्ड समारोहमा उपस्थित हुन नसकेको सन्देश पठाए । उनीहरुको अवार्ड सम्बन्धित फिल्मका निर्माता, निर्देशकले ग्रहण गरे । यस्तै अभिनय तर्फ क्रिटिक्स अवार्ड चलचित्र मलगम्बाट अभिनेता पुष्प खड्काले हाँसिल गरे ।

यो अवार्डमा विभिन्न विधामा बिजयीहरु यस प्रकार छन् ः

–सर्वोत्कृष्ट अभिनेता– अनमोल केसी – कृ
–सर्वोत्कृष्ट अभिनेत्री– नीता ढुङ्गाना – पंचायत
–सर्वोत्कृष्ट निर्देशक– मिलन चाम्स – लिली बिली
–सर्वोत्कृष्ट चलचित्र– कृ – सुवास इन्टरटेन्टमेन्ट, सुपर काजल फिल्म्स प्रा.लि.
–सर्वोत्कृष्ट पपुलर चलचित्र–छक्का पञ्जा–२–दिपाश्री निरौला, आमासरस्वती मुभिज्
–सर्वोत्कृष्ट पब्लिक च्वाईस चलचित्र – शत्रु गते

–सर्वोत्कृष्ट नव–नायिका– जसिता गुरुङ – लिली बिली
–सर्वोत्कृष्ट नव–नायक– सलिममान बनिया– ए मेरो हजुर २
–सर्वोत्कृष्ट नव निर्देशक–झरना थापा – ए मेरो हजुर २
–सर्वोत्कृष्ट चरित्र अभिनेत्री–मिथीला शर्मा – मंगलम
–सर्वोत्कृष्ट चलचित्र अभिनेता– पुस्कर गुरुङ – घामपानी

–सर्वोत्कृष्ट सह अभिनेत्री–बर्षा राउत – छक्का पञ्जा २
–सर्वोत्कृष्ट सह अभिनेता–सलोन बस्नेत – ए मेरो हजुर २
–सर्वोत्कृष्ट बालकलाकार– कुशाग्र भट्टराई – पिजडा ब्याक अगेन
–सर्वोत्कृष्ट हास्यकलाकार– केदार घिमिरे– छक्कापञ्जा २
–सर्वोत्कृष्ट खलपात्र– प्रशान्त ताम्राकार – ऐश्वर्य
–सर्वोत्कृष्ट कथा– नवराज बुढाथोकी– भूइमान्छे
–सर्वोत्कृष्ट गीतकार – धिरेन्द्र प्रेमर्षि – संरक्षण – संझनाको सारङ्गी
–सर्वोत्कृष्ट गायिका– विन्दु परियार – मंगलम् – पर्ख पर्ख
–सर्वोत्कृष्ट गायक– सुगम पोखरेल – ऐश्वर्य – तिमी रोएको पल
–सर्वोत्कृष्ट संगीतकार– राजनराज सिवाकोटी – दुई रुपैया – कुटुमा कुटु

–सर्वोत्कृष्ट एनिमेशन, – ग्लेज इन्टरटेन्टमेन्ट– कृ
–सर्वोत्कृष्ट पाश्र्वसंगीत – एलिश कार्की– लिलीबिली
–सर्वोत्कृष्ट ध्वनिमिश्रण – सुनयमान श्रेष्ठ– संरक्षण
–पब्लिक च्वाईस अवार्ड– चलचित्र शत्रु गते ।

–जुरी अवार्ड– निर्देशक नवल नेपाल, मँगलम
– क्रिटिक्स अवार्ड –ब्लाईन्ड रक्स (चलचित्र तर्फ)
– क्रिटिक्स अवार्ड – पुष्प खडका, (अभिनय तर्फ), चलचित्र मँगलम
–सर्वोत्कृष्ट नृत्य निर्देशक– कविराज गहतराज – दुई रुपैया – कुटुमा कुटु
–सर्वोत्कृष्ट द्वन्द्वनिर्देशक– हिमाल केसी– रुद्र
–सर्वोत्कृष्ट पटकथा– प्रदिप भारद्धाज– लिलीविली
–सर्वोत्कृष्ट संवाद– दिपेन्द्र लामा – घामपानी
–सर्वोत्कृष्ट छायाँकार– पुरुषोत्तम प्रधान – कृ
–सर्वोत्कृष्ट सम्पादक–मित्रदेव गुरुङ – मंगल–

पुषप खड्रका

‘छायाँछवि लिजेन्ड्री सम्मान–२०७५’ बाट बसुन्धरा भुषाल (२५ हजार रुपैयाँ सहित)
छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७५ पुरुष तर्फ निर्माता, वितरक, प्रदर्शक नरेन्द्र महर्जन
छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७५ महिला तर्फ अभिनेत्री मौसमी मल्ल ।
छायाँछबी चलचित्र पत्रकारिता पुरस्कार–२०७५, श्याम अर्याल १० हजार १० रुपैयाँ सहित