पाँच प्रतिस्पर्धी अभिनेतामध्य अनमोल र पुष्पमात्र आए अवार्डमा


व्यटी न्युज नेपाल
काठमाडौं, १० जेठ

काठमाडौंको राष्टिय सभा गृहमा बिहिबार अपरान्ह छायाँछबी क्रियसनद्धार आयोजित १० औं डि सिने अवार्डमा उत्कृष्ट पाँचको मनोनयनमा परेको पाँच अभिनेताको मध्य दुई अभिनेताको मात्र उपस्थिति भयो ।

कार्यक्रममा चलचित्र कृ का अभिनेता अनमोल केसी आफ्ना बुबा भुवन केसीका साथ कार्यक्रममा प्रस्तुत भए । उनी बुबासँगै रेड कार्पेटमा प्रस्तुत भएका थिए ।

यस्तै अर्का अभिनेता पुष्प खड्का चलचित्र मँगलमबाट मनोनयनमा परेका थिए । उनी पनि कार्यक्रममा सहभागी भए । उत्कृष्ट पाँच अभिनेताको मनोनयनमा परेका बाँकी तीन अभिनेता संरक्षणबाट सौगात मल्ल, लिली बिलीबाट प्रदीप खड्का र रातो घरबाट विल्सन बिक्रम राई उपस्थित भएनन् । प्रदीप चलचित्र रोजीको छायाँकनका कारण आउन नसके पनि सौगात र विल्सन किन आउन सकेनन् भन्नेबारे आयोजकले बुझ्न सकेनन् ।