र्याम्पमा समर फेशनसँगै परीहरुको क्याटवाक


व्युटी न्युज नेपाल
काठमाडौं, ९ जेठ
गर्मी तथा वर्षालाई मध्यनजर गरेर तयार पारिएका समर फेशन सहित १८ जना परीहरु र्याम्पमा उत्रिएका छन् । आर आर गु्पले काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना गरेको चौथो ‘एन्जल अन द फ्लोर(२०१८’ फेशन शोमा यी मोडलहरु परीको रुपमा मञ्चमा उत्रिएका हुन् ।

गायिका मनिषा पोखरेलले तयार पारेका पहिरन जिन्समा सारी लगाएर मोडलहरु प्रस्तुत भए । यो पहिरन फेशननेवलसँगै क्रियटिभ देखिएको थियो । गायनमा सफल मनिषा फेशन डिजाईनमा पनि अव्वल देखिईन् ।

यस्तै फेशन डिजाईनर सुनिल महर्जन र सुष्मा महर्जनले तयार पारेको गर्मी लक्षित जिन्सका स्कर्ट, वान पिस, टु पिस, हाफ पाईन्टमा सजिएर मोडलहरु अर्को सिक्वेन्समा प्रस्तुत भए । जिन्स फेशन पनि आकर्षक थिए ।

एस आर कलेक्सनका तर्फबाट प्रस्तुत गरिएको गाउनमा परिहरु उत्रँदा उनहरु भव्य सालिन र आकर्षक देखिएका थिए ।

विभिन्न फेशन डिजाईनरले तयार गरेको ढाकाको पहिरन सिक्वेन्स पनि फेशन शोको आकर्षण बनेको थियो । यो फेशनले पश्चिमा डिजाईनमा पुर्वीय कपडाको मिश्रण राम्रो देखिएको थियो ।

मँसिर दोस्रो सातामा रिलिज हुने नेपाली चलचित्र रणबीरकी निर्माता गोमा बिष्टले एलेक्सी फेसन खिचापोखरीका तर्फबाट कलेक्सन गरेको गर्मी लक्षित पहिरनकामा पनि १६ जना मोडलहरु र्याम्पमा क्याटवाक सहित प्रस्तुत भए ।

फेशन शो आयोजक आर एन्ड आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठले बिगतका वर्षमा झै यस पटक पनि गर्मीलाई लक्षित गरेर तयार पारिएका फेशनहरुलाई यो फेशन शोमा प्रस्तुत गरिएको बताईन् । फेशनको कोरियोग्राफी एवम् कार्यक्रम सञ्चालन रोजिन शाक्यले गरेका थिए ।

मोडलहरु कुसुम तामाङ, दिव्य थापा, मन्दिरा राणा, प्रियँका, श्वेच्छा, कविता, दावा, एनी, रासिया, पल्लभी, मिलु, मेहन्दी, जुनु, रिजिना, दृष्टी र सिमा लगायतका मोडल ¥याम्पमा उत्रिएका थिए । कार्यक्रममा सोईजन टपरको रुपमा रणबीरका अभिनेता सुशिल सिटौला, अभिनेत्री शुभेच्छा खड्का र कार्यक्रम ओपनरका रुपमा अभिनेत्री सारा सिरपाली प्रस्तुत भए ।