मिस्टर एण्ड मिस एसईई अफ द इयरमा ३३ युवा युवती


व्युटी न्युज नेपाल
काठमाडौं, ९ जेठ

चौथो संस्करणको ‘मिस्टर एण्ड मिस एसईई अफ द इयर–२०१८’ मा एसईई दिएर बसेर १६ युव र १७ युवती चयन भएका छन् । रिवन इन्टरटेनमेन्ट प्रा.लि.ले  यस वर्ष पनि एसइईका विद्यार्थीहरुका बीच मिस्टर एण्ड मिस एसईई अफ द इयर आयोजना गर्न लागेको हो ।

एसइई दिएर बसेका विद्यार्थीहरुको प्रतिभा र व्यक्तित्व विकासका लागि कार्यक्रम गर्न लागिएको आयोजक निशुकान्त झाले बताए । आगामी २ असारमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा यो प्रतियोगिता हुँदैछ ।

प्रतियोगितामा युवातर्फ कुमोद कार्तीकेयन बडु, प्रनिश मगरती, सोनम खडका, प्रशान्त भण्डारी, मेलिन राजपन्थ, कन्चन खत्री, अधिक कार्की, उत्सव खतिवडा, अर्पण राई, विनम्र राउत, गौरव नेपाल, नयन मगर, सन्दिप श्रेष्ठ, सुजन खुलाल, अनुराग कार्की र आशिष श्रेष्ठ छानिएका छन् ।

यस्तै छात्रा तर्फ आरति सिंह, स्वस्तिमा न्यौपाने, आस्मा थपलिया, आर्या पुडासैनी, सलिसा श्रेष्ठ, विनिसा शर्मा, प्रिया न्यौपाने, स्नेहा केसी, अपेक्षा लुईटेल, स्रिजा खरेल, मुनस्टोन आचार्य, आरध्या साह, रितिका खडका, इशा कर्ण, सविता शर्मा, अनिसा थापा र चन्दा श्रेष्ठ चयन भएका छन् ।

प्रतियोगीहरु यतीबेला विविध प्रशिक्षणमा व्यस्त छन् । यो प्रतियोगिताका सबै प्रतियोगीलाई छात्रवृती प्रदान गरिनेछ ।