चलचित्र पत्रकारिता दिवसमा पाँच पत्रकार सम्मानित एवम् पुरस्कृत


व्युटी न्युज नेपाल
काठमाडौं, ८ जेठ

आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अबसर पारेर चलचित्र पत्रकार संघ नेपालले सोमबार राजधानीमा वार्षिक उत्सब मनाउँदै चलचित्र पत्रकार सम्मान तथा पुरस्कार प्रदान गर्यो ।

धु्ब लम्साल

कार्यक्रममा संघले चलचित्र पत्रकारिता सम्मान २०७५ बाट राजधानी दैनिकका बरिष्ट उपसम्पादक ध्रुव लम्साललाई र रमाईलो टिभीका सम्पादक दयाराम पाण्डेलाई सम्मानित गर्यो । नेपाली पत्रकारिता क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मानित गरेको संघका तर्फबाट जानकारी गराईयो ।

दयाराम पाण्डे

यस्तै बिगत डेढ दशक भन्दा लामो समय देखि चलचित्र पत्रकारितामा योगदान पुर्याएको भन्दै नयाँ पत्रिकाका पत्रकार लक्ष्मण सुवेदीलाई २१ हजार रुपैयाँ र ताम्रपत्र सहित चलचित्र पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत गर्यो ।

लक्ष्रमणा सुवेदी

आधा दशक भन्दा लामो समयदेखि पत्रकारिता गर्दै आएकी गोपिकृष्ण टिभीकी सन्ध्या थापालाई सोही कार्यक्रममा संघले २१ हजार रुपैयाँ र ताम्रपत्र सहित चलचित्र पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत गर्यो ।

सन्ध्या थापा

कार्यक्रममा  फिल्मीखबर डटकमका पत्रकार अन्जान दाहाल (मनिष) लाई एउटा ल्यापटप र ताम्रपत्र सहित चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७५ बाट पुरस्कृत गरियो ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटा, संघका अध्यक्ष सन्दिप सापकोटा, संस्थापक अध्यक्ष भरत शाक्यलगायतले पत्रकारहरुलाई संयूक्त रुपमा सम्मान तथा पुरस्कार प्रदान गरे ।

कार्यक्रममा संघका अध्यक्ष सन्दीप सापकोटाले चलचित्र पत्रकारिता दिवस र संघको गतिविधि बारे प्रकाश पारे ।

कार्यक्रममा चलचित्र पत्रकारिताको आबस्यक्त र महत्वबारे आफ्नो भनाई राख्दै सञ्चार मन्त्री बासकोटाले चलचित्र पत्रकारिता दिवसको अबसरमा सबैलाई बधाई ज्ञापन गरे । कार्यक्रममा केक काटेर संघको १९ औं वार्षिक उत्बस मनाईएको थियो ।