पोष्टरमा यस्तो देखियो चलचित्र जय शम्भु


व्युटी न्युज नेपाल
काठमाडौं, ८ जेठ

आगामी १ भाद्रबाट देशव्यापी प्रदर्शन गर्ने घोषणा सहित चलचित्र ‘जय शम्भु’को पोष्ट (फष्टलुक) सार्वजनिक गरिएको छ । निर्माण पक्षले चलचित्रको प्रचार साम्रागी स्वरुप दुई पोष्टर सार्वजनिक गरेको हो ।

जसमा प्रशान्त ताम्राकार, अनुपविक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भूमिका छ । सार्वजनिक पोष्टरमा पनि यी तीन पात्रलाई महत्व दिईएको छ । एउटा पोष्टरमा प्रशान्त ताम्राकार र अनुपविक्रमको एक्शन दोखाईएको छ । जसमा बर्षालाई पनि प्रस्तुत गरिएको छ ।

यस्तै अर्को पोष्टरमा अनुपविक्रम शाही र बर्षा शिवाकोटीको लभ रोमान्स देखाईएको छ । फिल्म भित्र अनुप र प्रशान्त कुन भूमिकामा प्रस्तुत छन् भन्नेबारे यी पोष्टरले बुझाउँदैन । चलचित्रमा अरु कलाकारमा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु रानालगायत छन् ।

जय शम्भुलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । यसमा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन छ ।

फिल्मको निर्माण पक्षले नेपालसँगै अष्ट्रेलिया, दुबई, थाईल्याण्ड, हङकङ लगायतका देशहरुमा जय शम्भुको विशेष शो गर्ने बताएको छ ।

यो सिनेमालाई राजधानीमा बिके फिल्मस्का अध्यक्ष गोपालकाजी कायस्थ र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने छन् । फिल्म जय शम्भुबाट जयन श्रेष्ठ पनि काठमाडौंमा पनि वितरणमा सहयोगी बनेर हात हाल्न लागेका छन् ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको यो फिल्ममा अरविन्द्रमान शाक्य निर्माताको रुपमा छन् । जसमा चक्र पाख्रिन कार्यकारी निर्माता छन् । यस्तै सह निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले छन् ।