पत्रकार क्षत्री र एलन, कलाकार ढुंगाना र श्रेष्ठ सम्मानित


व्युटी न्युज नेपाल
काठमाडौं, ८ जेठ

चलचित्र पत्रकारिता दिवसको अबसरमा चलचित्र पत्रकार संघ मकवानपुरले सोमबार हेटौंडामा दुई पत्रकार र दुइर् कलाकारलाई पुरस्कृत गरेको छ ।

संघले ११ हजार १ सय ११ रुपैयासहितको राष्ट्रिय चलचित्र पत्रकारीता सम्मान–२०७५ बाट राजधानी दैनिकका बरिष्ट उप सम्पादक डब्बु क्षत्रीलाई सम्मान गरियो । बिगत २६ वर्षदेखि चलचित्र पत्रकारितामा योगदान पुर्याएको भन्दै क्षत्रीलाई सम्मान गरिएको कार्यक्रममा बताईयो ।

यस्तै मकवानपुरबाट लामो समय चलचित्र पत्रकारितामा योगदान पुर्याएका जनता टेलिभिजनका पत्रकार रामकुमार एलनलाई पाँच हजार पाँच सय ५५ रुपैयाँ सहितको यो बर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरियो ।

यस्तै मकवानपुरबाट राष्ट्रिय चलचित्र बृत्तमा निरन्तर योगदान पुर्याएको ठहर गर्दै सोही कार्यक्रममा चलचित्र कलाकारिता सम्मान २०७५बाट अभिनेत्री निता ढुंगाना र कलाकार शुसान्त कुमार श्रेष्ठलाई सम्मान गरिएको छ ।

नेपाली काँग्रेस मकवानपुरका सभापति एबम् प्रदेश ३ संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँ, नेपाल चलचित्र संघका उपाध्यक्ष नरेन्द्र महर्जन, अग्रज पत्रकार शान्तिप्रिय, चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमले संघका तर्फबाट सो सम्मान प्रदान गरेका थिए ।

प्रदेश ३ संसदीय दलका नेता बानियाँले कार्यक्रमलाई सम्बोधन गर्दै अब नेपालमा क्रान्तीको होईन शान्तिको बिषयमा चलचित्र बनाउनु पर्नेमा बताए । कार्यक्रमका प्रमुख अतिथी बानियाले नेपालमा परिस्थिति अनुसारका चलचित्रहरु निर्माण हुनु पर्नेमा जोड दिए ।

मकवानपुर चलचित्रकर्मीहरुको हब बन्दै गएको बताउदै नेता बानियाले यहाका चलचित्रकर्मीहरुको सकृयता प्रति खुशी व्यक्त गरे । चलचित्र क्षेत्रका लागी आफुले सक्दो सहयोग गर्ने पनि उनले बताए ।

चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा कलाकार तथा पत्रकारलाई प्रोत्साहित गर्न ६ वर्षदेखि सम्मान प्रदान गर्दै आएको बताए ।

चलचित्र पत्रकार संघका निबर्तामान अध्यक्ष शान्तिप्रियले १९ वर्ष अघि स्थापना भएको चलचित्र पत्रकार संघले सिनेपत्रकारलाई संगठित गर्दै चलचित्रको विकास र विस्तारमा साथ दिएको भनाई सो कार्यक्रममा राखे ।

चलचित्र बिकाश बोर्डका सदस्य नरेन्द्र महर्जनले हेटौंडा पनि चलचित्रको हबको रुपमा बिस्तार हुँदै गएको बताउँदै यसमा चलचित्र पत्रकारहरुको ठुलो योगदान रहेको बताए ।

कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष संन्तोष चौलागाई, निर्माण ब्यबसायी संघका अध्यक्ष आनन्दराम पराजुली, उद्योग संघका अध्यक्ष नवराज अर्याल, नेपाल चलचित्र निर्देशक समाजका निबर्तमान उपाध्यक्ष सुमन दाहाल, नेपाल पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण शारु मगर, जिल्ला अध्यक्ष हरी हुमगाईं लगाएयले कार्यक्रममा शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा सम्मान ग्रहण पछि नायिका निता ढुगानाले हेटौडाले आफुलाई सम्झेर सम्मान गरेकोमा आभार व्यक्त गरिन ।

कलाकै माध्यबाट जिल्ला चिनाई रहेका कलाकार शुसान्त कुमार श्रेष्ठले सम्मानबाट अझ दायित्व बढेको बताए ।

यस्तै कला पत्रकारितामा आफ्नो योगदानको गहकिलो मुल्यांकन गरी पुरस्कृत गरेकोमा आयोजक प्रति आभार ब्यक्त गर्दै पत्रकार राम कुमार एलनले कलम चलाउन उर्जा थपिएको छ भने ।

अग्रज चलचित्र पत्रकार डब्बु क्षत्रीले चलचित्र पत्रकारितामा आफुले लामो समय कलम चलाएको स्मरण गर्दै यो सम्मानले अझ जिम्मेवारी थपिएको भनाई सो कार्यक्रममा बताए ।