निशा अमेरिकामा, कुम्भ करणको बाँकी कलाकार प्रचारमा


व्युटी न्युज नेपाल
काठमाडौं, ७ जेठ

चलचित्र कुम्भ करणको छायाँकनसँगै विवाह गरेकी अभिनेत्री निशा अधिकारी यसैसाता आमा बनिन् । उनी अहिले अमेरिकामा छिन् । यिनै अभिनेत्री निशाको पछिल्लो चलचित्र ‘कुम्भ करण’ अब २२ असारबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

अभिनेत्री निशा अमेरिकामा भए पनि बाँकी कलाकारलाई लिएर निर्माण पक्षले ट्रेलर रिलिज सहित प्रचार सुरु गरेको छ । ट्रेलरमा हास्य र कौतुहलतालाई महत्व दिईएको छ । एक स्कुले शिक्षिकाको वरिपरी यो चलचित्रको कथा घुमेको ट्रेलरबाट बुझिन्छ ।

दिपक ओली निर्देशित यो चलचित्रकी अभिनेत्री निशा अझै केही समय नेपाल आउने छाँटकाँट देखिएको छैन । तथापि निर्देशक ओलीले अभिनेतालाई लिएर चलचित्रको प्रचार थालेका हुन् ।

निशा अधिकारीसँगै यो फिल्ममा भोलाराज सापकोटा, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा क्षत्री, सदभाव थापा सहितको अभिनय छ ।

कुम्भ करणमा महेश दवाडीको लेखन, हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन र गोविन्द मधुर आचार्यको संगीत छ । यो फिल्मलाई चित्रबहादुर घर्तीमगर, क्षितिज बस्नेतले निर्माण गरेका हुन् । यो चलचित्रको बाँकी निर्मातामा गिरप्रसाद घर्तीमगर, विजय श्रेष्ठ, रोम ओली र चुपनिधि रिजाल छन् ।