उपासनालाई तेस्रो सिन्ड्रेला नेपाल उपाधी


व्युटी न्युज नेपाल
काठमाडौं, ७ जेठ

बालिकाहरुबीच भएको सौन्दर्य प्रतियोगितामा आफ्ना १८ प्रतिस्पर्धालाई पछि पार्दै उपासना यस वर्षकी ‘तेस्रो सिन्ड्रेला नेपाल २०१८’ घोषित भएकी छिन् । शनिबार राजधानीमा सम्पन्न प्रतियोगितामा उपसनाले ताजसहित १० हजार रूपैयां प्राप्त गरिन् ।

प्यासिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित सो प्रतियोगितामा फस्ट रनरअप कृष्टिना श्रेष्ठ र र सेकेण्ड रनरअप स्तुति स्वाँर घोषित भए ।

मोडल विपना थापाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा अन्य उपाधि तर्फ फोटो जेनिकमा आम्शु आचार्य, फ्रेण्डशिपमा इप्शा मगर, मिस स्माइल टिना पुन र मिस बेस्ट हेयर सामला गुरुङ घोषित भए ।

यस्तै मिस ट्यालेन्ट सुबेका दुबे, बेस्ट ड्रेस सेरिनिटी बन्जारे, डिस्प्लिन आयुषी थापा, बेस्ट स्किन सुश्रीया रोज मैनाली, मिस पर्सनालिटी क्रिष्टजल भण्डारी घोषित भए । मिस चार्मिङको उपाधि छिरिङ छुटिम तामाङ, पब्लिक च्वाइज एञ्जल भेटवाललाई, मिस इनोसेन्ट इशा चौलागाइंलाई, मिस–वाक प्रकृति शाक्यलाई, मिस स्पोन्टेनियस बिचना राईलाई, मिस एलिगेन नैशा धमलालाई र मिस पंच्यालिटीको उपाधि युथिका न्यौपानेलाई दिईयो ।

बालिकाको प्रतिभा प्रस्तुतिका लागि कार्यक्रम गरिएको इभेन्ट संस्थाका अध्यक्ष फुपु तेञ्जिङ शेर्पाले कार्यक्रममा बताए ।

सुदर्शन सुबेदीको संयोजनमा सम्पन्न प्रतियोगितामा गायकहरु लाक्पा शेर्पा, प्रवेशमान शाक्य, निर्णय श्रेष्ठ, व्यवसायिक उज्जलकृष्ण श्रेष्ठ, पत्रकार भूषण श्रेष्ठ र मोडल अभिलाषा शर्मा स्वाँर निर्णय थिए ।