निशा र शरदको नामबाट जुराईयो छोराको नाम


व्युटी न्युज नेपाल
काठमाडौं, ६ जेठ

अभिनेत्री निशा अधिकारी मल्लले आफ्नो छोराको नाम ‘युवान निशरद’ राखेकी छिन् । नेपाली क्रिकेटर शरद भेषवाकर (श्रीमान) र आफ्नो नामबाट जुराएर उनले छोराको नाम युवान निशरद राखेकी हुन् ।

उनी शुक्रबार नै आमा बनेकी हुन् । अमेरिकाको एक अस्पतालमा आमा बनेकी निशाले छोरा र आफु ठिक रहेको र चाँडै अस्पतालबाट घर जाने तयारीमा रहेको बताएकी छिन् ।

निशाको छोरा पनि अब अमेरिकी नागरिक भएका छन् । अमेरिकी कानून अनुसार त्यहाँ जन्मलिने बाल बालिबालिका पनि अमेरिकी नागरिक हुन्छ ।

आफुले निर्माण गरेको चलचित्र झ्यानाकुटीको रिलिजपछि सो चलचित्र प्रदर्शनकालागि अमेरिका पुगेकी निशा त्यतै बसिन् । उनले अमेरिकामा छोरालाई जन्म दिएकी हुन् ।