कलेज छाडेर हैरान खेल्दा व्याक लागेकी नायिका – (भिडियो सहित)


व्युटी न्युज नेपाल
काठमाडौं, ५ जेठ

शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘हैरान’बाट आरोही शर्माले नायिकाको रुपमा डेब्यु गरेकी छिन् । सर्वनाम थिएटरमा दुई वर्ष अघि तीन महिनाको अभिनय प्रशिक्षण लिएपछि उनले एउटा नाटकमा काम गरिन् । उनको नाटकमा अभिनय देखेर कास्टिङ निर्देशक शान्तिप्रिय र विश्वकै कान्छा निर्देशक सौगात बिष्टले चलचित्र हैरानमा नायिकाको रुपमा आरोहीलाई अनुबन्धित गरेका थिए ।

यीनै नव अभिनेत्रीको चलचित्र हैरान यतीबेला मुलुकका ६ दर्जन भन्दा बढी सिनेमा हलमा प्रदर्शन भईरहेको छ । हैरानको कथा मन परेर आफु यो चलचित्रमा आबद्ध भएको अभिनेत्री आरोहीले बताएकी छिन् ।

यो चलचित्रमा काम गर्न आरोहीले चार महिना पढाई छाड्न परेको थियो । यसरी पढाई छाडेकै कारण आफुलाई व्याचलरमा एक बिषयसमेत लागेको आरोहीले बताईन्,‘हैरानको लागि यती धेरै मेहनतका साथ काममा व्यस्त भएँकी चार महिना पढाई छाड्नु परेकै कारण मलाई व्याचलरमा एक बिषय व्याक पनि लाग्यो । हैरानको छायाँकन सकेर मिडियाबाट समेत टाढा रहेर मैले पढाईलाई अघि बढाएँ र सबै बिषय पास गरें ।’

यसरी आफुले निकै मेहनतका साथ अभिनय गरेको चलचित्र हैरान हेरेर दर्शकले यतीबेला आफ्नो कामको प्रसँसा गरेको भन्दै आरोहीले खुसी व्यक्त गरेकी छिन् । हैरान नहेरेका दर्शकलाई पनि यो चलचित्र हेरेर आफुलाई सुझाब र सल्लाह दिन उनको अनुरोध छ ।

विश्वकै कान्छा निर्देशक सौगात बिष्टसँग काम गर्न पाउँदै धेरै कुरा सिक्ने अबसर पाएको पनि उनले बताईन् । ११ वर्षीय निर्देशक सौगातमा धेरै नै प्रतिभा रहेको र सो प्रतिभाकै कारण हैरान राम्रो फिल्म बनेको आरोहीले बताईन् । व्याचरल तेस्रो वर्षमा अध्ययनरत आरोही अब पढाई सकेर निरन्तर फिल्ममा आउँछु भन्छिन् ।