नीता, परमिता र बुद्दी पनि चलचित्र ‘दि कर्मा’मा


व्युटी न्युज नेपाल
काठमाडौं, ४ जेठ 
नेपाली चलचित्र ‘दि कर्मा’काे छायाँकन सकिएकाे छ । चलचित्रमा अभिनेत्री नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा र हास्य अभिनेता बुद्दी तामाङ्ग पनि भएकाे निर्माण पक्षले बताएकाे छ ।  चलचित्रको छायांकन सकेर पोष्ट प्रोडक्शनमा पुगेपछि भत्रिएका यी  यि तीन कलाकारको पनि अभिनय रहेको निर्माण पक्षले खुलाएको हो ।
जय राज राय र निशा खतिवडा निर्माता रहेको यो चलचित्र नेपाली र हिन्दी भाषामा बनेको छ । भारतमा पनि चलचित्रको प्रदर्शनी गरिने निर्माता रायले बताए । नेपालमा यो चलचित्र आगामी भदौ महिनामा रिलीज गरिने  बताईएको छ ।
निर्माता जय राज रायले कलाकारहरुले कस्तो चरित्र निभाएका छन् त्यो भने गीत र ट्रेलर आएपछि मात्र खुलासा गर्ने बताए । चलचित्र घोषणाताका मूख्य नायिकाको छनौट बारे खुलासा गरिएकाे थिएन । चलचित्रमा परमिता र नीताले प्रमूख भूमिका निभाएका छन् र बुद्दीको भूमिका पनि प्रमूख रहेको बताईएको छ । यसै चलचित्रमा भारतका मोडल तथा कलाकार करण वर्माको पनि प्रमूख अभिनय छ ।
जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा भएको छ । जय राज रायको कथामा रहेको यस चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको यो चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका छन् ।