आज अन्नपूर्णमा एन्जल अन द फ्लोर समर फेशन शाे


व्युटी न्युज नेपाल
काठमाडौं, ४ जेठ

यो गर्मी तथा वर्षालाई मध्यनजर गरेर तयार पारिएको तथा बजारमा ल्याईएको समर फेशन सहित आज १८ जना मोडलहरु काठमाडौंको अन्नपूर्ण होटलमा र्याम्पमा उत्रने छन् ।

४ जेठ साँझ ६ बजेबाट सुरु हुने चौथो ‘एन्जल अन द फ्लोर’ फेशन शोका लागि १८ जना मोडलहरुले प्रशिक्षण सम्पन्न गरेर र्याम्प वाकको तयारीमा जुटिरहेका छन् ।

फेशन शो आयोजक आर एन्ड आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठले गर्मीलाई लक्षित गरेर तयार पारिएका फेशनहरु यो फेशन शोमा प्रस्तुत गरिने व्युटी न्युज नेपाललाई जानकारी गराईन् ।

मनिषाज कलेक्सन, एस आर कलेक्सन, ओचु जिन्स, एलेक्सी फेसनलगायतले तयार गरेका फेशनहरु ¥याम्पमा प्रस्तुत गरिने छ ।
मोडलहरु कुसुम तामाङ, दिव्य थापा, प्रियँका, श्वेच्छा, कविता, दावा, मन्दिरा, एनी, रासिया, पल्लभी, मिलु, मेहन्दी, जुनु, रिजिना, दृष्टी र सिमाले आधा दर्जन सिक्वेन्समा क्याटवाक गर्नेछन् ।

कार्यक्रममा नेपाली चलचित्र रणबीरका अभिनेता शुशिल सिटौला र अभिनेत्री एवम् मोडल शुभेच्छा खड्का सोज टपरको रुपमा प्रस्तुत हुने भएका छन् ।
रोजिन शाक्यले कोरियोग्राफी गरिरहेको यो फेशन शोमा यो वर्ष गर्मीमा बजारमा आउन लागेको नयाँ डिजाईनलाई प्रस्तुत गर्न लागेको आज प्रस्तुत हुने एलेक्सी फेसन खिचापोखरीकी प्रमुख गोमा बिष्टले बताईन् ।