श्रृजनाको गीतमा रिमा


व्युटी न्युज नेपाल
काठमाडौं, ३ जेठ

गायिका श्रृजना गुरुङले आफ्नो नयाँ गीत किन दुख मान्छौं…लाई दर्शक स्रोतामाझ ल्याएकी छिन् । श्रृजनाले यो आफ्नो गीतको भिडियोलाई भिडियो सञ्जाल युट्युबबाट सार्वजनिक गरेकी छिन् ।

यो गीत श्रृजना गुरुङको यो पहिलो गीत हो । पत्रकारितासँगै गायनमा आएकी उनी विस्तारै गायन क्षेत्रमै लाग्ने योजना सुनाउँछिन् । पिडा बोल्ने गीतको एरेन्ज भने विष्णु अधिकारीले गरेका हुन् । विपी वाग्लेको शब्द संगीतमा तयार पारिएको गीतमा श्रृजना गुरुङले मधुर स्वर दिएकी हुन् ।

गीतको भिडियोमा मा रिमा विश्वकर्मा र दिपक काफ्लेको अभिनय रहेको छ । गीतको भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् । जसमा निशान्त घिमीरेको सम्पादन रहेको छ ।

पहिलो गीत दर्शक श्रोताले मन पराएमा लगातार गीत बजारमा ल्याउने तयारीमा रहेको समेत श्रृजनाले बताएकी छिन् ।

गितकाे भिडियाे ः