भूषाललाई लाईफटाइम लिजेन्ड्री, महर्जन र मल्ललाई रजत सम्मान


 अर्याललाई पत्रकारिता पुरस्कार

व्युटी न्युज नेपाल
काठमाडौं, २ जेठ

छायाँछवि क्रियशनले १० औं डि सिने अवार्डको अवसरमा यो वर्षको यस वर्षको ‘छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड–२०७५ नेपालकै पहिलो चलचित्र ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरेकीहाँस्य साम्राज्ञीको उपमापाएकी बसुन्धरा भूषाललाई प्रदानगर्ने भएको छ ।

२०२२ सालमानिर्मित ‘आमा’चलचित्र पछि भूषालले सिन्दुर, सन्तान, कन्यादान, साथी, चेलिवेटी, राँको, अप्सरा, वेइमानी, माया बैगुनीलगायत १०० भन्दा बढी चलचित्रहरुमाअभिनय गरेकी छिन् ।

त्यस्तै छायाँछवि क्रियशनले यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुषतर्फका)े वितरक, प्रदर्शक एवं निर्माता नरेन्द्र महर्जनलाई प्रदानगर्ने भएको छ । २०४९ सालबाट वितरकको रुपमाचलचित्र क्षेत्रमाप्रवेश गरेका महर्जन यस पछि प्रदर्शन व्यवसायएवं चलचित्रनिर्माणमा हात हालेका हुन् । महर्जनको ओम्याक्स हेटौंडा सहितविभिननप्रदर्शन भवन संचालनमा छन् भने उनले संरक्षण, लुट, फष्र्ट लभ, मिसन पैसा रीलोडेड, लुट २, फन्को लगायतकाचलचित्रनिर्माण गरेका छन् ।

त्यस्तै छायाँछवि क्रियशनले यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७५ (महिलातर्फको) अभिनेत्री मौसमी मल्ललाई प्रदान गर्ने भएको छ । यसो त मौसमीले चलचित्र ‘कान्छी’ मै बाल कलाकार भएर खेलेकी थिइन् भने उनले नीर शाहको ‘पच्चीस वसन्त’मा पनि सहायक पात्रको भूमिकामा अभिनय गरेकीथिइन् । स्वर्गीय दिपक रायमाझीको २०४६ सालमा बनेको चलचित्र ‘भाग्य रेखा’बाट नेपाली रजतपटमा प्रवेश गरेकी मौसमीका तिलहरी, भुमरी, देउकी, जन्मभूमी, पृथ्मी, लगायतका सयौं चलचित्र छन् ।

यस्तै छायाँछबी क्रियसनले यस वर्षको छायाँछवि चलचित्रपत्रकारिता पुरस्कार श्याम अर्याललाई प्रदान गर्ने भएको छ । स्याङ्जामा जन्मिएका अर्यालले २०५८ सालमा पोखराको रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका थिए । रेडियो प्रस्तोताका रुपमा पत्रकारिता सुरु गरेका अर्याल यतिखेर इमेज रेडियो तथा टिभीमा प्रेजेन्टर÷प्रोड्यूसरका रुपमा कार्यरत छन् ।

मूलतः रंग पत्रकारितालाई नै आत्मसात गर्दै रेडियोमा प्रस्तोता एवं टिभीमा प्रस्तोता–रिपोर्टर तथा प्रोड्युसरको रुपमा अर्यालले पत्रकारिताको अनुभव संगालेका छन् । श्याम अर्यालाई १० हजार रुपैया ँसहितको छायाँछवि पत्रकारित पुरस्कार –०७५ मा रु १००,१०।– (दशहजार दश रुपैया) सहित पुरस्कार प्रदान गरिदैछ ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले यो सम्मान तथा पुरस्कार १० जेष्ठमा काठमाडाै‌काे राष्ट्रिय सभागृहमा हुने इएनआई डि सिने अवार्ड –०७५का अवसरमा प्रदान गरिने जानकारी गराए ।