व्युटी न्युज नेपाल
काठमाडौं, २ जेठ

आगामी २८ साउनबाट देशव्यापी रिलिज गर्ने तिथि तोक्दै चलचित्र ‘पण्डित बाजेको लौरी’को टिजर युट्युबमार्फत सर्वजनिक गरिएको छ । यो हास्यप्रधान बनेको छ । पछिल्लो समय हास्यप्रधान चलचित्रको बाहुल्यता बढेको बेला यो फिल्मलाई पनि हास्यप्रधान बनाईएको हो ।

यो चलचित्रलाई दीपक ओली निर्देशन गरेका हुन् । मँगलबार सार्वजनिक गरिएको टिजरमा एउटा सानो गाउँ भित्र पण्डित्याईको भिन्न–भिन्न काम गर्ने पण्डितहरुको कथालाई देखाईएको छ । बादी जातीको कथालाई पनि सिनेमामा प्रस्तुत गरिएको छ । मादल बनाउने जातीको रुपमा बादीलाई प्रस्तुत गरिएको छ । टिजर हेर्दा फिल्म रमाईलो बनेको देखिन्छ ।

यो चलचित्रमा मित्रदेब गुरुङको सम्पादन, विक्रम स्वाँर, दीपकमान सिंहको नृत्य निर्देशन, श्रीकृष्ण बम मल्ल, अमित श्रेष्ठको संगीत, महेश दवाडीको लेखन, विदुर पाण्डेको छायाँकन रहेको छ ।

पण्डित बाजेको लैरीमा भोलाराज सापकोटा, प्रविण खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी सहितको अभिनय छ ।

यो चलचित्रलाई थमनकुमार भण्डारी (राज) र किशोर खड्काले निर्माण गरेका हुन् ।

पण्डित बाजेको लौरीको टिजर