शिब र करिश्माले छोरा छोरीलाई बनाए जोडी


व्युटी न्युज नेपाल
काठमाडौं, २ जेठ

अभिनेत्री करिश्मा मानन्धरले छोरीलाई नायिकामा डेब्युकै लागि नयाँ फिल्मको तयारी गरिरहेकी थिईन् ।

साथीका छोराहरु फिल्ममा हिरो बनेको देख्दा अभिनेता शिब श्रेष्ठलाई पनि आफ्नो जेठो छोरालाई फिल्मी नायक बनाउने चाहना थियो ।

यो जाहना पुरा गर्न नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा शिब र करिश्माले आफ्ना छोरा छोरीलाई जोडी बनाएर उतारेका छन् ।

अभिनेता शिब श्रेष्ठको छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता यो चलचित्रमा जोडी (नायक नायिका) बनेर उत्रिएका हुन् । यी दुबैले आफ्ना अभिभावकको सपना पुरा गर्न फिल्मी क्षेत्र रोजेको बताएका छन् ।

काठमाडौंमा मँगलबार पत्रकार भेटघाट बीच शक्ति र कवितालाई ‘एउटा यस्तो प्रेम कहानी’को नव नायक र नायिका जोडीको रुपमा चिनाईयो ।

अष्ट्रेलियामा पढ्दै गरेका शक्तिलाई फिल्ममा ल्याउनुको कारण बारे पिता एवम् अग्रज अभिनेता शिब श्रेष्ठले भने,‘साथीहरुका छोराहरु नायकको रुपमा हिट भएको देखेर अरुले मलाई तपाईको छोरो शक्ति कहिलो हिरा बन्छ भनेर सोधी रहन्थे । शक्तिले आफ्नो पढाई पुरा गरेर सक्षम भएपछि फिल्ममा ल्याएको हुँ ।’

एउटा यस्तो प्रेम कहानीका निर्माता समेत रहेका शिब श्रेष्ठले आफ्नो छोराले फिल्म टाईगरमा बाल कलाकारको भूमिका निर्वाह गरेको र शक्तिमा अभिनय क्षमता भएकाले चलचित्रमा ल्याएको प्रस्ट परे ।

‘बुबाले फोन गरेर नयाँ फिल्ममा नायक बन्ने प्रस्ताव राख्दा सुरुमा मलाई विश्वास लागेन् । पछि उहाँले फिल्मको कथा सुनाएपछि कथा मन परेर यो चलचित्रमा आबद्ध भएको हुँ ।’ बुबाको चलचित्रमा अभिनेता बनेका शक्तिले यो चलचित्रसँग जोडिँदाको अनुभव बारे भने ।

करिश्मा मानन्धरको छोरी कविताको जोडी भएर फिल्ममासँगै आउन पाउँदा आफुलाई अझ खुसी लागेको पनि शक्तिले बताए । फिल्ममा काम गर्ने चाहना धेरै अघिबाटै भए पनि बुबाले पढाई सकेपछि मात्र फिल्म खेल्नुपर्छ भनेपछि आफु अष्ट्रेलियामा पढी रहेको शक्तिले जानकारी गराए । यो चलत्रिमा प्रियँका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, सँजोग कोईराला जस्ता लोकप्रिय कलाकारसँग काम गर्न पाउँदा धेरै कुरा सिक्ने अबसर पाएको पनि शक्तिको भनाई थियो ।

करिश्मा मानन्धरले पनि शिब श्रेष्ठले छोरीलाई नायिका बन्ने प्रस्ताव ल्याएपछि फिल्मको कथा र रोल समेत कवितालाई मन परेर छोरी नै फिल्म खेल्न मञ्जुर भएको खुलासा गरिन् । सोही कारण आफुले पनि चाहना भए खेल्दा हुन्छ भनेर कवितालाई अनुमति दिएको करिश्माले बताईन् ।

छोरीलाई डेब्यु गर्न स्क्रिप्ट लेखिरहेको चलचित्रलाई आफुले अबको १० महिना पछिबाट निर्माण गर्ने पनि करिश्माले बताईन् । छोरी कविताले आफ्नो क्षेत्रलाई अँगाल्दै चलचित्रको नायिका भएकोमा अभिनेत्री करिश्मा मानन्धरले खुसी व्यक्त गरिन् ।

नव अभिनेत्री कविता मानन्धर आफ्नै आमाको फिल्मबाट चलचित्रमा डेब्यु गर्ने पर्खाइमा थिईन् । तर राम्रो चलचित्रबा प्रस्ताव आएपछि यो फिल्ममा आबद्ध भएको बताउँदै उनले भनिन्,‘शिब श्रेष्ठ अँकलले शक्तिसँग यो चलचित्रको लागि प्रस्ताव ल्याउँदा म फिल्म खेल्न सहमत भएँ । फिल्मको कथा र बिषय राम्रो छ ।’ आफ्नो बुबा आमाको जीवन पनि चलचित्रबाटै चलेकाले आफु अभिनेत्रीको रुपमा यो क्षेत्रमा आएको कविता बताईन् ।

कविता सँयुक्त राज्य अमेरिकामा र शक्ति अष्ट्रलियामा पढ्दैछन् । यी दुबै यो चलचित्रको छायाँकनका लागि नेपाल आएका हुन् । चलचित्रको छायाँकन पछि बाँकी पढाई पुरा गर्न यी दुबै पुन बिदेश जानेछन् । पढाई सकेर चलचित्रलाई निरन्तता दिने यी दुईको भनाई छ ।

यसोदा राई, दिनेश दर्शनधारी, शिब श्रेष्ठ निर्माता रहेको यो चलचित्रका निर्देशक दिपेश सापकोटा हुन् । शक्ति र कविताले राम्रो काम गरेको दिपेशले बताए । कार्यक्रममा निर्माण पक्षले चलचित्रको पहिलो टिजर पनि सार्वजनिक गरेको थियो । तर त्यो टिजरमा शक्ति र कवितालाई समेटिएको थिएन ।