‘ज्वेल अफ द वल्र्ड–२०१८’ नेपालबाट सपना भेटवाल


व्युटी न्युज नेपाल
काठमाडौं, १ जेठ

नेपाली माेडल सपना भेटवालले नेपालको प्रतिनिधित्व गर्दै ‘ज्वेल अफ द वल्र्ड–२०१८’ मा भाग दिने भएकी छिन् । नेपाल्स फेसन आइकन २०१६ की फस्ट रनर अप विजेता सपना सो प्रतियोगितामा इभेन्ट बेटर ग्यालेक्सीले संयोजन एवं व्यवस्थापन सहभागी हुन लागेकी हुन् ।

बेटर ग्यालेक्सीका अध्यक्ष धिरज तण्डुकारका अनुसार प्रतियोगिता फिलिपिन्सको मनिलामा मे १६ देखि २६ सम्म संचालन हुनेछ । सपना सो कार्यक्रमका लागि १५ मेमा फिलिपिन्स जाने छिन् ।

इटहरी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएकी सपना होप इन्टरनेसनल कलेजमा बिएसी नर्सिङ अध्ययरत छिन् । गायन, नृत्य र भ्रमणमा रुचि राख्ने सपना मोडलिङमा पनि सक्रिय रहेकी छिन् । काठमाडौंमा आधा दर्जन फेशन शोमा सहभागी भएको अनुभव उनीसँग छ ।

संयुक्त राष्ट्रसंघको साधारण सभाले घोषणा गरे अनुसार मे २१ तारिखमा अन्तर्रा्ष्ट्रियस्तरमा वार्षिक रुपमा मनाउन थालिएको छ । सोही दिन वल्र्ड डे अफ कल्चरल डाइभर्सिटी अर्थात् साँस्कृतिक विविधताको विश्व दिवसलाई प्रवद्र्धन गर्ने उद्देश्य यसै वर्ष देखि ‘ज्वेल अफ द इयर’ आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताले महिला सुन्दरता र सशक्तिकरणको सम्मान तथा विश्वको बहुसाँस्कृतिक गौरवलाई वृहत् रुपमा मनाउने मूलभूत उद्देश्य राखेको छ । सो प्रतियोगितामा सहभागी हुन सपना अहिले विविध तयारी गर्दैछिन् ।