अमेरिकन ब्वाईजको दर्शक हँसाउने ट्रेलर


व्युटी न्युज नेपाल
काठमाडौं, १ जेठ

१८ जेठबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘अमेरिका ब्वाईज’को ट्रेलर अहिले चर्चामा छ । दुई दिन अघि काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको यो फिल्मको ट्रेलरले दर्शकलाई हसाउँछ । पछिल्लो समय हास्यप्रधान चलचित्रको बाहुल्यता बढेको बेला ट्रेलरले यो चलचित्र पनि हास्यप्रधान भएको बुझाउँछ ।

ट्रेलर हास्य प्रधान भएपनि युट्युवमा त्यती धेरै दर्शक यसले पाएको छैन । दुई दिनमा जम्मा यसलाई युट्युवमा ६७ हजार पटक मात्र हेरिएको छ । अमेरिका जानका लागि भनेर घरबाट ३ लाख रुपैयाँ मगाएर खाडी मुलुक गएका तीन युवाको कथा यो चलचित्रमा रहेको छ ।

चलचित्रको विभिन्न आरोह अबरोहलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । यात्राको क्रममा झोला साटिदा सम्बन्धित व्यक्तिले खेप्नु पर्ने समस्या र त्यसले निम्त्याउने रमाईला घटनालाई पनि ट्रेलरमा समेटिएको छ ।

यो चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । ओस्कार कलेज अफ फिल्म स्टडिजमा फिल्म निर्देशनमा स्नातक प्रवेशले यो चलचित्र केही फरक बनाएको बताएका छन् ।

चलचित्रका मुख्य कलाकारहरु अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलियालाई ट्रेलरमा समेटिएको छ ।

यो फिल्मको निर्मातामा प्रकाश भुजेल र इन्द्र प्रसाद खरेल, समिर खरेल, अनुप थापा, यमुना खरेल र राज केसी रहेका छन् । करिब दुई करोडको लगानीमा यो चलचित्र बनेको निर्माण पक्षको दाबी छ ।

यस्तो छ ट्रेलर ः