अहिलेसम्मकै ठुलाे फेशन शाे हुँदैछ दलजित सुदान फेसन रनवे २०१८


व्युटी न्युज नेपाल

काठमाडौं, ३१ बैशाख

नेपालमै पहिलो पटक १९२ फिट लामो युसेफ र्याम्प स्टेज सहित बृहत फेशन शो आयोजना हुने भएको छ । यती लामो र्याम्पमा सोल्टी क्राउन प्लाजाको रोज गार्डेन थिएटरमा आयोजना हुने ‘दलजित सुदान फेसन रनवे २०१८’ आयोजना हुन लागेको हो ।

अन्तराष्ट्रिय फेशन शोमा आफ्नो फेशन सो प्रस्तुत गरिसकेकी चर्चित फेशन डिजाईनर दलजित सुदानको एकल फेशन सोका लागि यती ठुलो स्टेज बनाईएको हो ।

थुप्रै फेसन सो मार्फत आफ्ना डिजाइनहरु प्रस्तुत गरिसकेकी सुदानको यो पहिलो एकल सो हो । फेसन सोका लागि आफु निकै उत्साहित रहेको डिजाइनर सुदानले बताइन्, ‘अहिलेसम्म र्याम्पमा प्रस्तुत नभएका र नेचुरल डिजाइनले सोमा प्रथामिकता पाउनेछन्’ उनले भनिन् ।

नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, बिबेक खड्का लगायत नेपालकै लोकप्रिय तथा ब्यवसायी उत्कृष्ट २४ मोडल यो फेशन शोका लागि र्याम्पमा प्रस्तुत हुने छन् । आगामी ११ जेठ अर्थात २५ मे)मा यी मोडल एकसाथ र्याम्पमा उत्रिन लागेका हुन् । साँझ ६ बजेबाट सुरु हुने यो फेशन शो तीन घन्टासम्म चल्नेछ । सोले नेपाल पनि फेसनको मावलमा अगाडी छ भन्ने सन्देश अन्तराष्ट्रिय जगतमा पुर्याउने आयोजकको बिश्वास रहेको छ

यो फेसन सो अहिले सम्मकै उत्कृष्ट शो हुने आयोजक पक्षले सोमबार आयोजित पत्रकार भेटघाटका क्रममा बताएको छ । सोमा नेपालका सुप्रसिद्ध फेसन डिजाइनर दलजित सुदानले तयार पारेको बिभिन्न अन्तराष्ट्रिय स्तरका पहिरनहरु प्रस्तुत हुने आयोजक नेक्स्ट मोडल नेपालका अध्यक्ष रबी धमलाले बताए ।

सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा यो सोपछि नेपालको फेसन उद्योगले बेग्लै छलाङ मार्ने नेक्स्ट मोडल नेपालका अध्यक्ष धमलाले भने, ‘यो फेशन शोले नयाँ पिडिलाई समेत फेसन प्रति आकर्षित गर्छ । मोडललाई समेत स्थापित हुन उत्प्रेरण दिनेकाम पनि गर्नेछ ।’

१६ महिला र ८ पुरुष मोडलले जफ्रानको जादु, पारदर्शिता र परम्परागत गरि तीन सिक्वेसमा डिजाइनर सुदानले तयार पारेका आकर्षक फेसनहरु प्रदर्शन गर्नेछन् । र्याम्पमा देखिने सबै मोडल उत्कृष्ट मोडल हुने भएकोले सो टपर पनि सबै मोडल भएको आयोजकको भनाई छ ।

पत्रकार भेटघाट कार्यक्रममा मिस नेपालकी कोरियोग्राफर रचना गुरुङले दलजित सुदानका डिजाइनसँग आफु राम्रोसँग परिचित भएको बताउदै सो फेसन पारखीहरुका लागि सरप्राइज हुनेछ भनिन् । उनले सोमा प्रस्तुत हुने पहिरन अहिलेसम्मकै फरक हुने दाबी गर्दै सबैले लाभ उठाउनु पर्ने धारण राखिन् ।

पहिलो मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठले दलजित सुदानका पहिरन आफुले केही पहिले देखी फलो गर्दै आएको बताइन्,‘म पनि फेसन सोको हिस्सा बन्न पाएकोमा निकै खुसी छु । यस्ता खालका सो सायदै बिरलै हुन्छ ।