व्युटी न्युज नेपाल,
काठमाडौं, ३१ बैशाख

व्युटी न्युज नेपालकी व्युटी ब्रान्ड एम्बेस्डर एवम् युवा व्युटिसियन सुहाना अर्यालले काठमाडौंको दहचौकमा नयाँ व्युटी पार्लर ‘ फुल मुन व्युटी पार्लर’ सुरु गरेकी छिन् । सुहाना गत महिना सम्पन्न व्युटिसियन ट्यालेन्ट नेपाल २०१८ की बेस्ट फिगर अवार्ड बिजेता पनि हुन् ।

उनको सो पार्लरको रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् व्युटी न्युज नेपालकी व्युटी सल्लाहकार सोनी कारञ्जितले सोमबार रिबन काटेर उद्घाटन गरिन् । उद्घाटनमा सुहानाका नेल आर्ट टिचर सुजन तिमिल्सिना पनि विशेष अतिथि थिए ।

दह चोक क्षेत्रमा सुविधा सम्पन्न व्युटी पार्लरको अभाव भएको बेला आफुले व्युटीकला सम्बन्धि दुई वर्षको अध्ययन गरेर फुल मुन व्युटी पार्लर सुरु गरेको सुहानाले बताईन् । आफुले व्युटी सम्बन्धि सम्पूर्ण सेवासँगै व्युटिसियन बन्न चाहनेलाई प्रशिक्षण दिने काम पनि सुरू गरेकाे सुहानाले जानकारी गराईन् ।

फुल मुन व्युटी पार्लरको उद्घाटन गर्दै बरिष्ट व्युटिसियन सोनी कारञ्जितले सुहानाको पार्लरको सफलताको कामना गरिन् । व्युटिसियन सम्बन्धि लामो समय आफुसँग प्रशिक्षण लिएर दक्षता हाँसिल गरी सुहानले यो पार्लर सञ्चालन गरेकाले फुल मुन व्युटी पार्लरले राम्रो सेवा दिने विश्वास उनले व्यक्त गरिन् ।

उद्घाटन समारोहको अतिथिमा व्युटिसियन ट्यालेन्ट नेपाल २०१८ की फस्ट रनरअप बिजेता एवम् व्युटिसियन नविना अधिकारी, व्युटिसियनहरु एलिना श्रेष्ठ, रञ्जना श्रेष्ठ गुरुङ, काजल लामिछाने लगायतले सुहानालाई शुभकामना दिएका थिए ।