व्युटी न्युज नेपाल
काठमाडौं, ३१ बैशाख
हाँस्य टेली सृँखला डिठ्ठा साबबाट दर्शकलाई हँसाउँदै आएका किशोर भण्डारी (डिठ्ठा साब)ले अब फिल्मबाट पनि दर्शकलाई हँसाउने भएका छन् । उनले फिल्म चँगा मार्फत दर्शकलाई हँसाउन लागेका हुन् ।
उनले जेठबाट चँगा मार्फत दर्शकलाई हँसाउने भएका छन् । यो चलचित्र २५ जेठ दर्शकमाझ आउने भएको छ । चँगाकोे सोमबार राजधानीमा एक समारोहबीच ट्रेलर सार्वजनिक गर्दै किशोरले प्रचार प्रसार पनि सुरु गरेको छ ।
यसको ट्रेलरमा गाउँपालिकाको अध्यक्ष (बुद्धी तामाङ) सम्पत्तिको लागि प्रलोभनमा परेर प्रहरी गिराफ्तारमा परेको दृष्य समेटिएको छ । यस्तै आफ्नो प्रेमिका (लक्ष्मी बर्देवा) लाई पाउन बुटेल मोटर साईकल खरिदका लागि आबश्यक रकम प्राप्त गर्न प्रेमी (अँकित खड्का) गलत बाटोमा लागेको लगायतका समस्या देखाईएको छ । ट्रेलरले नै दर्शकलाई हँसाउन सफल भएको छ ।
विधालयको लावरवाहीले सौचालयमा थुनिएका एक बालकको पीडासँगै परिवारले भोग्नु पर्ने समस्या पनि सिनेमा केन्द्रित छ । जसमा अन्य पात्रका विभिन्न समस्या पनि ट्रेलर मार्फत खुलासा गरियो ।
निर्माता निर्देशक किशोर भण्डारी (डिठ्ठा साब)ले भने,‘अहिले बजारमा आएका हास्य फिल्म भन्दा अर्कै प्रकारको चलचित्र चँगा बनेको छ । २५ जेठबाट प्रदर्शनमा आउने चलचित्र चँगा विभिन्न व्यक्तिहरुको समस्यायुक्त गाउँको कथामा केन्द्रित छ ।’
जसमा रेश्मा तिमिल्सिना, बुद्धि तामाङ, अँकित खड्का, राजन खतिवडा, कमलमणि नेपाल, लक्ष्मी बर्देवा, प्रेमवर्ष खड्का सहितको अभिनय छ । हास्य अभिनेत्री रेश्मा तिमिल्सिना, किशोर भण्डारी लगायतले चलचित्र चँगा निर्माण गरेका हुन् ।
ट्रेलर