व्युटी न्युज नेपाल
काठमाडौं, ३० बैशाख

फेशन डिजाईनर जेनी श्रेष्ठको डिभा बुटिकको अन्तराष्टिय आउटलेट डिभा (जेडी कलेक्सन)को हास्य अभिनेता सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) र पूर्व मिस नेपाल माल्भिका सुब्बाले सँयुक्त उद्घाटन गरेका छन् । ललितपुरको मानभवनमा दोस्रो साखाको रुपमा स्थापना गरिएको डिभा बुटिकको आईतबार यी तीन जनाले सँयुक्त उद्घाटन गरेका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनका तर्फबाट सिताराम र कुन्जनाले सुरु गरेको अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण अभियानका लागि डिभा बुटिकका तर्फबाट जेनी श्रेष्ठ र दिवाकर श्रेष्ठले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग धुर्मुस सुन्तली फाउन्डेसनलाई प्रदान गरे ।

कार्यक्रममा बोल्दै सिताराम कट्टेलले डेढ वर्षभित्र अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण सम्पन्न गर्ने बताउँदै जेनीको डिभाको सफलताको कामना गरे । उनले अन्तराष्ट्रिय गुणस्तरका डिजाईन र पहिरन एकै थलोमा उपयुक्त मूल्यमा पाउँदा फेशन पारखीका लागि डिभा बुटिक तथा जेडी कलेक्सन अब फेशन हबको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कुञ्जना घिमिरेले क्रिकेट मैदान निर्माणका लागि गरिएको सहयोगप्रति खुसी व्यक्त गर्दै आफुले खोजे जस्तो फरक प्रकारका उत्कृष्ट डिजाईन डिभा बुटिकमा पाएको बताईन् । अब आफ्नो फेशन खरिदको गन्तव्य पनि डिभा हुने भनाई उनले सो कार्यक्रममा राखिन् ।

पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफुलाई एकै थलोमा चाहिएको क्लासिकल देखि मोडर्न फेशन डिजाईन समेट डिभा बुटिकमा पाएकाले अब आफ्नो सपिङ गन्तव्य यही बुटिक हुने बताईन् । यही बुटिकमा पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले अन्तराष्ट्रिय स्तरको मेकअप लगायत कस्मेटिक सामग्रीको सेवा पनि सुरु गरेकाले उनलाई पनि माल्भिकाले बधाई दिईन् ।

जेनी बिगत एक दशक देखि फेशन डिजाईनमा सक्रिय छिन् । उनले सात दोबाटोमा आठ वर्ष अघि खोजेको डिभा बुटिक सफल भएपछि यो नयाँ बुटिक सुरु गरेकी हुन् । जेनी श्रेष्ठ र पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले नयाँ डिभा सुरु गरेका हुन् ।

डिभाबाट एकै थलोमा जेनीले बुटिकका युनिक पिस तथा अन्तराष्ट्रिय कलेक्सन फेशन र आफुले सिभाना कलर्स ब्रान्डको कस्मेटिक सामग्रीको बिक्री बितरण सुरु गरेको पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले कार्यक्रममा बताईन् । युवती तथा महिलाहरुले डिभा छिरेपछि फेशन देखि सबैप्रकारको सौन्दर्य सामग्रीको चयन र खरिद आफ्नो बुटिकबाट गर्न सक्ने पनि सदीक्षाले जानकारी गराईन् ।