दृश्यांशको सर्ट फिल्ममा रात १३ सर्वोत्कृष्ट


व्युटी न्युज नेपाल
काठमाडौं, २९ बैशाख

सर्वनाम थिएटरले आयोजना गरेको नेपालमा मोवाईलले खिचेको सर्ट सिनेमा बीचको ३ मिनेट मोबाईल फिल्म प्रतियोगिता ‘दृश्यांश’मा सर्ट फिल्म ‘रात १३’बाट निर्देशक अनुज पाण्डे सर्वोत्कृष्ट भएका छन् । उनले पहिलो भए बापत ७५ हजार रुपैयाँ सहित प्रमाणपत्र पाएका छन् ।

सो प्रतियोगितामा दोस्रो पुरस्कार अर्पण बस्नेतको ढलपल र तेस्रो पुरस्कार विजय गजमेरद्वारा निर्देशित सर्ट फिल्म द ईन्टरभ्युले प्राप्त गरेको छ । दोस्रो हुनेलाई स्यामसुङ ट्याव ३ भी र तेस्रो पुरस्कारका रुपमा टचकन ट्याव वितरण गरिएको थियो ।

सो प्रतियोगितामा पब्लिक च्वाईस अवार्ड सर्ट फिल्म अमृतले प्राप्त गरेको छ । शर्मिला आलेद्वारा निर्देशित स्माईलले बेष्ट मेन्सन अवार्ड पाएको छ । पब्लिक च्वाइस अवार्डमा ९.७ इन्चको आइप्याड वितरण गरिएको थियो । अवार्डमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई सर्वनामद्धारा निःशुल्क तीन महिने नाट्य कार्यशालाको व्यवस्था पनि गरिएको छ ।

टपटेनमा पर्न सफल नविन न्यौपानेको द डिपार्चर, सुन्दर लामाको कथा ः एन् इन्टीमेसी वीथ टाईम, नव श्रेष्ठको ए कता, खुश्बु शर्माको वुमरी¨, असीम को ड्रीम अफ हाउस वाईफ, अर्जुन न्यौपानेको महिला कर्मचारी तुः आवश्यकता पनि अवाड समारोहमा प्रदर्शन गरिएको थियो ।

सर्वनामका संस्थापक तथा नाटककार अशेष मल्लले मोबाईल फिल्मको परिकल्पनाबारे बताएका थिए । सिनेकर्मी मात्र नभई जोकोहीले पनि भाग लिन सक्ने भएकाले दृश्यांसको आयोजना गरिएको बताए ।

सिनेमाघर एपका प्रमुख सागर खरेलले मोबाईल फिल्म प्रतियोगिता गर्न लाग्दा राम्रो प्रतिक्रिया आएको बताए । दृश्यांशको संयोजकसमेत रहेकी सम्पदा मल्लले दृश्यांशको अवधारणाले कम बजेटमा फिल्म बनाउन उदाहरणीय भुमिका खेल्ने भनाई राखिन् ।

निर्णायक मण्डलमा दिपक रौनियार, निश्चल बस्नेत, अविनाश विक्रम शाह र शुसिल पौडेल रहेका थिए । रंगकर्मी राज शाहले सञ्चालन गरेको अवार्ड समारोहमा बोल्दै निर्देशक तथा चलचित्रकर्मी निश्चल बस्नेतले दृश्यांश चलचित्र निमार्णको नयाँ अवधारणा सुरु भएको बताए ।