४० ओटा सिनेमा हलमा हिरोज्


फ्राईडे रिलिज

व्युटी न्युज नेपाल
काटमाडौं, २८ बैशाख

शुक्रबारबाट चलचित्र ‘हिरोज’ प्रदर्शनमा आएको छ । गत २३ चैतमा रिलिज हुने भनिएको हिरोज चलचित्र सरेर शुक्रबारबाट प्रदर्शनमा आएको हो । यो चलचित्र यतीबेला अर्को फिल्म लम्फुसँग जुध्न आएको हो ।

मुलुकका ४० भन्दा बढी सिनेमा हलमा प्रदर्शन भएको चलचित्र हिरोज्लाई एनबी महर्जनले निर्देशन गरेका हुन् । यो चलचित्रलाई अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेकी हुन् । आफ्नो चलचित्रले सिँगल थिएटरमा राम्रो व्यापार गरेको उनले बताईन् ।

जसमा पूर्णिमासँगै करिश्मा मनन्धर, संयोग राणा, जय किशन बस्नेत, सहिन प्रजापति सहितको अभिनय छ । बेरोजगारीहरुको पीडामा चलचित्र हिरोज केन्द्रित रहेको यसकी निर्माता पूर्णिमा लामाले बताएकी छिन् । उनका अनुसार यो चलचित्रले महिला बेचबिचन बिरुद्धको आबाज पनि उठाएको छ ।