दीपक दीपाले सुरु गरे छक्का पञ्जा ३


व्युटी न्युज नेपाल
काठमाडौं,२८ बैशाख

चलचित्र छक्का पञ्जाको पहिलो र दोस्रो सृँखलाको सफलतापछि दिपकराज गिरी र दिपाश्री निरौलाको छक्कापञ्जा ३ को निर्माणमा उत्रिएका छन् ।

शुक्रबार बिहान भक्तपुरस्थित सुर्यविनायक मन्दिरमा पुजा र मुहुर्त गरेर शुक्रबारबाटै यो चलचित्रको छायाँकन सुरु गरिएको छ । यो चलचित्रलाई दीपाश्री निरौलले निर्देशन गरिरहेकी छिन् ।

छक्कापञ्जा ३ को छायाँकन राजधानी आसपास सहित चित्लाङ, दमैली र बाग्लुङमा गरिने दिपाश्रीले मुहुर्त समारोहमा जानकारी गराईन् । आफ्नो चलचित्रको छायाँकन अबधि ४५ दिन राखेको पनि उनले बताईन् ।

छक्का पञ्जा ३ मा दीपकराज, दीपिकासँगै जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वांग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट, पुष्प खड्का र प्रियंका कार्कीको अभिनय रहनेछ ।

अभिनेता, लेखक तथा निर्माता दिपकराज गिरीले छक्कापञ्जा ३ मा नायिका दीपिका प्रसाईंलाई लिनुको कारणबारे भने,‘दीपिका आफैंमा प्रभावशाली कलाकार भएकाले कथाले मागेपछि हाम्रो टिममा दीपिकालाई लिएका हौं । दर्शकले पनि छक्का पञ्जामा नयाँजोडी हेर्न चाहिरहनु भएको थियो ।’
अभिनेता पुष्प खड्का पनि नायकको रुपमा छक्का पञ्जा ३ प्रस्तुत हुँदैछन् । आफ्नो यसमा हास्यप्रधान भूमिका रहेको पुष्पले बताए ।

जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी (भान्जा), किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा छन् ।

फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माको संगीत छ ।  छक्का पञ्जा ३ मा दिपकराज गिरीको कथा, दिपकसँगै जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठले सम्बाद रहने छ ।