भिडियोमा आयो हैरानको तिमी मुस्कुराउँदा…


व्युटी न्युज नेपाल,
काठमाडौ, २८ बैशाख

आगामी ४ जेठबाट मुलुकका सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र ‘हैरान’ को प्रेमप्रधान गीत तिमी मुस्कुराउँदा… रिलिज भएको छ । यसलाई एसआर डिजिटलको च्यालन युट्युव मार्फत रिलिज गरिएको हो ।

गीतमा स्वरूप राज आचार्य र दुर्गा परियारको स्वर रहेको छ भने यसमा शान्तिप्रियको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतको भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका छन् ।

यस अघि शिर्ष गीत, टिजर र ट्रेलर सार्वजनिक गरेको हैरान टोलीले युनिटले रोमान्टिक गीत सार्वजनिक गरेको हो । गीतमा फिल्मका मुख्यकलाकारहरु गजित विष्ट, निश्मा घिमिरे, मोहमद वशिम राजा र आरोही शर्माको अभिनय छ । गीतलाई रमणीय दृश्यमा छायाँकन गरिएको छ ।
भिडियो

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भईरहेको फिल्मलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ । यो चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, शिशिर भण्डारी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।