अनमोललाई सँधै नयाँ नायिका, दोहोरिएन कोही पनि


फिचर

 =================================

अभिनेता अनमोल हरेक फिल्ममा नव अभिनेत्रीसँग काम गर्नु परेको छ । उनले खलेको आधा दर्जन चलचित्र मध्य कुनै पनि चलचित्रमा उनले अनुभवी अभिनेत्रीसँग् काम गर्न पाएका छैनन् । हरेक चलचित्रमा उनले नवोदित नायिकासँग नै काम गर्नु परेको छ । ती नायिकाहरु उनीहरु अर्को चलचित्रमा दोहोरिएका छैनन् । उनी यतीबेला आफ्नो छैटौं फिल्ममा पनि दुई नव नायिकासँग काम गरिरहेका छन् ।     

                                                                          ========================================

व्युटी न्युज नेपाल
काठमाडौं, २७ बैशाख

अभिनेता अनमोल केसीले फिल्म कृको पत्रकार भेटघाटमा केही समय अघि आफ्नो सिनेमाको नायिका चयनको बारेमा भनेका थिए,‘मैले चलचित्रमा काम गर्दा कहिल्यै पनि यो नायिका चाहियो भनेर डिमान्ड गरिन् । प्रोड्युसर, डिरेक्टरले जुन नायिका फाईनल गर्नु हुन्थ्यो, त्यहीसँग मैले काम गर्दै आएको छु ।’

नभन्दै अभिनेता अनमोल हरेक फिल्ममा नव अभिनेत्रीसँग काम गर्नु परेको छ । उनले खलेको आधा दर्जन चलचित्र मध्य कुनै पनि चलचित्रमा उनले अनुभवी अभिनेत्रीसँग् काम गर्न पाएका छैनन् । हरेक चलचित्रमा उनले नवोदित नायिकासँग नै काम गर्नु परेको छ । ती नायिकाहरु उनीहरु अर्को चलचित्रमा दोहोरिएका छैनन् । उनी यतीबेला आफ्नो छैटौं फिल्ममा पनि दुई नव नायिकासँग काम गरिरहेका छन् । अनमोलका ६ ओटा चलचित्रमा ७ नव नायिकाहरु । यी अनमोलसँग दोस्रो सिनेमामा दोहोरिएनन् –

प्रकृति श्रेष्ठ


पहिलो फिल्म ‘होस्टेल’मा नायक बन्दा अभिनेता अनमोल केसीले नव अभिनेत्री प्रकृति श्रेष्ठसँग फिल्मी जोडी बाँधेका थिए । निर्देशक हेमराज बिसीले अनमोल र प्रकृतिलाई यही चलचित्रबाट डेब्यु गराएका हुन् । पहिलो चलचित्रबाट नवनायिकाको नायक बनेका अनमोल केसी र प्रकृतिको जोडीलाई दर्शकले खुबै मन पराए । तर त्यसपछि प्रकृति चलचित्र अभिनयमा भन्दा पढाई तर्फ केन्द्रित रहिन् । सोही कारण प्रकृति र अनमोलको जोडीलाई दर्शकले अर्को फिल्ममा देख्न पाएनन् ।

आना शर्मा

अभिनेता अनमोल केसीको दोस्रो चलचित्र ‘जेरी’ हो । यो चलचित्रमा उनी नवोदित अभिनेत्री आना शर्माको नायक भएका थिए । यो चलचित्रमा पनि निर्देशक हेमराज बिसीले नै अनमोल र आनाको जोडी जुराएका हुन् । चलचित्र जेरी हिट भयो । यसमा अनमोल र आनाको कामलाई खुबै रुचाईयो । तर यो जोडी फेरी अर्को चलचित्रमा दोहोरिएको छैन् । यसपछि आनाको दुई ओटा चलचित्र आउँदा पनि उनले अनमोलसँग फेरी काम गर्ने अबसर पाएकी छैनन् । अनमोलको पनि त्यसपछि तीन सिनेमा आउँदा पनि उनले आनासँग काम गरेका छैनन् ।

सृष्टी श्रेष्ठ


हेमराज बिसीको निर्देशनमा बनेको अनमोलको तेस्रो चलचित्र हो ‘गाजलु’ । यो चलचित्रमा पनि हेमराजले अनमोलको जोडीको रुपमा पूर्व मिस नेपाल सृष्टी श्रेष्ठलाई नायिका बनाएर उतारे । गाजलुमा पनि अनमोल र सृष्टीको जोडीलाई खुबै रुचाईयो । यसपछि सृष्टीले अरु दुई ओटा फिल्ममा नायिका भएर काम गरिसकेकी छिन् । तैपनि अनमोल र सृष्टीको जोडी गाजलुपछि दोहोरिएको छैन । न त अनमोलले नै सृष्टीसँग काम गर्ने चासो देखाए ।

साम्राज्ञी राज्यलक्ष्मी शाह


अनमोलको चौथो चलचित्र हो ‘ड्रिम्स’ । अनमोलकै बुबा एवम् अग्रज अभिनेता भुवन केसीले ड्रिम्स निर्माण गरेका हुन् । यो चलचित्रको निर्देशक समेत रहेका भुवनले अनमोललाई यो सिनेमामा पनि नव नायिकानै जोडी बनाईदिए । ड्रिम्स्मा साम्राज्ञी राज्यलक्ष्मी शाहले अनमोल केसीको नायिका बनेर डेब्यु गरिन् । यो चलचित्रमा पनि अनमोल र साम्राज्ञीको जोडीलाई निकै मन पराईयो । तर त्यसपछि यी दुबैले फिल्म खेलिरहेका छन् । तथापि अनमोल र साम्राज्ञीलाई दर्शकले अर्को चलचित्रमासँगै हेर्ने अबसर पाएका छैनन् ।

अदिती बुढाथोकी


अनमोल केसीले आफ्नो पाँचौ चलचित्र ‘कृ’मा पनि नवनायिकाकै नायक बन्नु प¥यो । सुरेन्द्र पौडेल निर्देशित यो चलचित्रमा अनमोलको नायिकाको रुपमा नव अभिनेत्री अदिती बुढाथोकी आईन् । चार महिना अघि रिलिज भएको यो फिल्मले अनमोलको अहिलेसम्मकै सबैभन्दा बढी व्यापार गरेको निर्माता सुवास गिरीको भनाई छ । नव नायिका अदिती र अनमोलको जोडीलाई यो फिल्ममा दर्शकले निकै रुचाए । तर अब अनमोल र अदितीलाई फेरी फिल्ममासँगै देख्न पाईन्छकी पाईन्न भन्ने टुंगो छैन । किनकी यतीबेला अदिती र अनमोल फरक फरक फिल्ममा काम गरिरहेका छन् ।

उपासना सिंह ठकुरी,


अनमोल केसी यतीबेला नयाँ फिल्म ‘क्याप्टेन’को छायाँकनमा व्यस्त छन् । उनको यो छैटौं फिल्म हो । यो फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरिरहेका छन् । बुधबारबाट दमकमा छायाँकन भईरहेको क्याप्टेनमा पनि अनमोलले नव नायिकाकै साथ पाएका छन् । यो फिल्ममा उपासना सिंह ठकुरी अनमोलको नायिकाको रुपमा रहेकी छिन् । मोडलिङबाट आफ्नो करिअर सुरु गरेकी उपासना पनि नव नायिका हुन् ।

प्रियँका एमभी


अनमोलकै क्याप्टेनकी अर्की जोडी प्रियँका एमभी पनि नव नायिका हुन् । उनले पनि यही फिल्मबाट नेपाली चलचित्रबृत्तमा पाईला राख्दैछिन् । उनले पनि मोडलिङबाट करिअर सुरु गरेकी हुन् । यसरी अनमोलले आफ्नो छैटौं फिल्मसम्म आईपुग्दा पनि फेरी नव नायिकासँगै काम गर्नु परेको छ । हेरौं अभिनेता अनमोलको जोडीको रुपमा फिल्म खेली सकेका नायिका आउँछन की आउँदैनन् ।