गुरुद्वारामा बिहे गरिन् सोनम कपुरले


मुम्बई,एजेन्सी, २६ बैशाख

आफ्नो दुई वर्ष भन्दा पुरानो प्रेमलाई साकार तुल्याउँदै बलिउड अभिनेत्री सोनम कपुरले प्रेमी आनन्द आहूजासँग विवाह गरेकी छिन् ।

मँगलबार  दिउँसो मुम्बईको एउटा गुरुद्वारामा सिख रिवाजमा उनले विवाह गरेकी हुन् । विवाहमा बलिउडका दर्जनौ अभिनेता, अभिनेत्री, निर्माता, निर्देशक, कलाकार पुगेका थिए । सोनमका बुबा अनिल कपुर, सोनमका ठुलोबुबा बोनी कपुर, दाई एवम् अभिनेता अजुन कपुर, भाई एवम् अभिनेता हर्षबर्धन कपुर, बहिनी एवम् अभिनेत्री जान्ह्वी कपुर, खुसी कपुरले विवाहमा सहभागीको स्वागत सत्कार गरेका थिए ।

दिल्लीका व्यापारी एवम् फेसन इन्टरप्रेनर आनन्दको श्रीमती भएर सोनम मँगलबार दिउँसो नै आनन्दको घरमा भित्रिएकी छिन् ।