नयाँ मिस्टर नेपालको खोजी सुरु


व्युटी न्युज नेपाल
काठमाडौं, २५ बैशाख

एक कार्यक्रममा ‘मिष्टर नेपाल’को नयाँ सिजन ‘मिष्टर नेपाल २०१८’को आह्वान गरिएको छ । मँगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै यसबारे जानकारी दिईएको हो ।

अब ‘मिष्टर नेपाल’को मञ्चबाट एकसाथ चार प्रतियोगी छानिने पनि कार्यक्रममा जनाईयो । आयोजक एक्सपोज नेपालकी कार्यकारी अधिकृत अर्चना थापाले अबदेखि अन्तराष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने मिष्टर नेपालको मञ्चबाट नयाँ ‘मिष्टर नेपाल’का साथै एकसाथ अन्य तीन प्रतियोगी समेत छानिने जानकारी दिईन् ।

जसबाट छानिएका मध्य ‘मिष्टर नेपाल’ले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वल्र्ड’मा सहभागी जनाउने छन्, भने अन्यले अन्तराष्ट्रिय प्रतियोगीता क्रमश ‘मिस्टर युनिभर्सन एम्वेस्टर’, ‘म्यान अफ द इयर’ र ‘मिस्टर नेशनल युनिभर्स’मा सहभागीता जनाउने छन् ।

१८ बर्षदेखि २८ बर्ष ननाघेका युवाहरुले प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन् । देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

काठमाडौ, पोखरा, चितवन, बुटवल, इटहरीलगायतको शहरमा प्रतियोगीताको पहिलो चरणको अडिसन आयोजना हुनेछ । पहिलो चरणको अडिसनबाट मात्र छानिएका प्रतियोगीलाई फाइनल प्रतिस्पर्धामा सहभागी गराउने अर्चनाले बताईन् ।

प्रतियोगीतामा अडिसनबाट छानिएका प्रतियोगीलाई स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिकस्पिकिङ लगायतका दर्जन बढी बिषयमा दक्ष प्रशिक्षकद्धार प्रशिक्षण सहित फाइन प्रतिस्पर्धा उतार्ने आयोजकको योजना रहेको छ । यस बर्षको मिष्टर नेपाल बिजेताले मोटर साईकल, म्युजिक भिडियोमा काम गर्ने अफर प्राप्त गर्नेछन् ।

कार्यक्रममा एक्सपोज नेपालकी सिइयो अर्चना थापा र सुजुकी बाइकका मार्कटिङ म्यानेजर नवराजले मोटरसाईकल पुरस्कार सम्बन्धमा सम्झौता समेत गरे । म्यानेजर नवराजले मिष्टर नेपाल पुरुषहरुको सबैभन्दा ठुलो र प्रतिष्ठित कार्यक्रममा भएकोले पनि आफु जोडिएको बताए ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले २००१ देखि नियमित आयोजना हुदै आएको हो । प्रतियोगीताबाट रोहित थेवे, जिवन लुइँटेल, गौतम सुवेदी, उज्वल घिमिरे, सुरेश घिमिरे, डा. आयुष्मान घिमिरे, सुरेश गैह्रे, सुरज चिल्वाल, सन्दिप पोखरेल, गणेश अग्रवाल, अक्षय रायमाझी लगायत दर्जन बढी बिजेता चुनिसकेका छन् ।