कपाल मुण्डन गरिन् अभिनेत्री दीपशिखाले


व्युटी न्युज नेपाल
काठमाडौं, २५ बैशाख

अभिनेत्री दीपशिखा खड्काले आफ्नो कपाल खौरिएकी छिन् । तर उनले टाउको तथा कपाल सम्बन्धि समस्याले कपाल मुण्डन गरेकी हैनन् । चलचित्र प्रेमलीलाको एउटा चरित्रका लागि उनले कपाल मुण्डन गरेको बताएकी छिन् ।

नेपाल र भारतको कथा जोडिएको फिल्म प्रेमलीलाको पोखरामा छायाँकन सकेर युनिट काठमाडौं फर्किएको दीपशिखाले जानकारी गराईन् । उनका अनुसार पोखरामा यो फिल्मको जाने क्या हुवा ए…गीतको छायाँकन रामजी लामिछानेको नृत्य निर्देशनमा सम्पन्न गरिएको छ ।

गीतमा आफु र भारतीय अभिनेता अली खानले अभिनय गरेको पनि दीपशिखाले जानकारी गराईन् । यस अघि चलचित्र भन्दा पनि सामाजिक कामबाट चर्चामा आएकी दीपशिख अब चलचित्र प्रेमलीलाबाट चर्चामा आउनेमा विश्वस्त छिन् ।

दीपशिखा आफैंले निर्माण गरिरहेको प्रेमलीलालाई निर्देशक जनक पाण्डेले निर्देशन गर्दैछन । पवन गौतमको छायाँकन रहेको यो फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत छ । जसमा आफु सहित अली खान, सुरज तमु, रेखा शाह लगायतको अभिनय रहेको पनि उनले बताईन् ।